sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

हिमालयन एभरेष्ट इन्स्योरेन्सको खुद नाफा करिब १६ करोड

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार इन्स्योरेन्स कम्पनीको खुद नाफा ४१.५६ प्रतिशतले घटेको छ ।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २७ करोड ३५ लाख रुपियाँ नाफा कमाएको इन्स्योरेन्स कम्पनीले समीक्षा अवधिमा भने १५ करोड ९८ लाख रुपियाँ नाफा कमाएको छ । पुस मसान्तसम्म इन्स्योरेन्स कम्पनीको खुद बीमाशुल्क आर्जन ७६ प्रतिशतले बढेर ८२ करोड ८८ लाख रुपियाँ पुगेको छ ।

त्यस्तै, बीमा कोषको आकार पनि बढेको छ । यस अवधिमा बीमा कोषको आकार १८.०३ प्रतिशतले बढेर ४ अर्ब ६७ करोड ३६ लाख रुपियाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कोषको आकार ३ अर्ब ९५ करोड रहेको थियो ।

२ अर्ब ५० करोड रुपियाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्स कम्पनीको जगेडा कोषमा ७ करोड ७९ लाख रुपियाँ रहेको छ । समीक्षा अवधिमा इन्स्योरेन्स कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपियाँ ७९ पैसा छ भने प्रतिशेयर नेटवर्थ २०४.८३ रुपियाँ छ ।

gold
nawakantipur long