stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

महानगरले थप ४० वटा ठुला सिटी बस सञ्चालनमा ल्यायो

यात्रुले आकर्षक उपहार पाउने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । काठमाडौँ उपत्यकाको चक्रपथमा मात्र सेवा दिँदै आएको महानगर यातायात प्रा.लि.ले राजधानीका भित्री रुटमा पनि बस सेवा सञ्चालन गर्ने भएको छ । महानगरले थप ४० वटा ठुला सिटी बस भित्र्याउन लागेको जानकारी दिएको छ ।

महानगर यातायातले यात्रुको माग र आग्रहलाई मध्यनजर गर्दै चक्रपथभित्रका केही रुटमा भने यही पुस १५ गतेदेखि बस सेवा विस्तार गर्न लागिएको जानकारी गराएको हो।

महानगरले अब राजधानीको बनस्थली, स्वयम्भू हुँदै कलङ्कीबाट कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क, जमल, कालोपुल, चावहिल, नारायण गोपालचोक हुँदै नयाँ बसपार्कसम्मका रुटमा दुईतर्फी बस सेवा सञ्चालन गर्ने अध्यक्ष मधुसुदन अधिकारीले बताए ।

सो रुटमा तत्कालका लागि चक्रपथमै सञ्चालनमा रहेका ३९ बसमध्ये १० वटा बस भित्री रुटमा सञ्चालन गरिने महानगरले जनाएको छ।

यस्तै, महानगर यातायातले आजदेखि १० गतेदेखि नै आफ्ना यात्रुलाई प्रत्येक टिकटमा उपहारको व्यवस्था गरेको उल्लेख गरेको छ ।

हिमालयन हर्वल कम्पनीसँगको सहकार्यमा सञ्चालन गर्न लागिएको उपहार योजनाअन्तर्गत यात्रुले प्रत्येक टिकटबापत लक्की ड्रमा सहभागी हुन पाउनेछन्, जसबाट दैनिक रुपमा १५० भाग्यशाली यात्रुले हिमालयन हर्वलका तर्फबाट आकर्षक उपहार पाउनेछन्।

आगामी दिनमा अझ उत्कृष्ट सेवा प्रदान गर्न कटिबद्ध रहेको जानकारी गराउँदै हाम्रो सेवा विस्तारले नेपालभरका यात्रुहरूको यात्रा सहज, सुरक्षित र सुविधाजनक बन्ने विश्वास अध्यक्ष अधिकारीको भनाई छ ।

prabhu mahalaxmi
kumari