stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

लक्ष्मी सनराइज बैंकको नाफामा सुधार

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/०८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको मुनााफा, सञ्चालन मुनाफा तथा प्रतिशेयर आम्दानी लगायतका सूचकमा सामान्य बृद्धि देखिएको छ ।

समीक्षा अवधिमा बैंकको मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.७१ प्रतिशतले बृद्धि भएको छ । बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब १६ करोड २० लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ५ करोड ९२ लाख रुपैयाँ बराबर मुनाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.२७ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १२.२८ प्रतिशत बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ३.५० प्रतिशत घटेको छ।

समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज दुई अर्ब ७३ करोड २६ लाख रुपैयाँबाट घटेर एक अर्ब ९२ करोड ९२ लाख रुपैयाँमा झरेको छ। जसका कारण बैंकको सञ्चालन मुनाफा २४.०८ प्रतिशत बढेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ४१ पैसा बढेर ९ रुपैयाँ ५५ पैसा पुगेको छ।

पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ ५० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २२.२२ गुणा रहेको छ। त्यस्तै, सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३६ करोड ८५ लाख रुपैयाँ रहेको छ।

लक्ष्मी सनराइज बैंकको चुक्ता पूँजी २४ अर्ब ३४ करोड ६५ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा १७ अर्ब ६५ करोड १३ लाख रुपैयाँ सञ्चित छ ।

पुस मसान्तसम्ममा बैंकले ३ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ६७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

prabhu mahalaxmi
kumari