stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग अनिवार्य गरौँ: महासंघ

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्ने सरकारको निर्णय कार्यान्वयन गराउन सबै जिल्ला तथा नगर उद्योग वाणिज्य संघ तथा आफ्ना सम्पूर्ण सदस्यलाई आग्रह गरेको छ।

अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको आग्रहमा सरकारले ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग गर्ने निर्देशिका २०८१’ पारित भएको भन्दै स्वागत गरे।

सरकारले औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ६८ ले दिएको अधिकार प्रयोग गरी स्थानीय स्तरमा उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गरी स्वदेशी वस्तुको उत्पादन, रोजगारी सिर्जना, आयात व्यवस्थापन तथा उत्पादित वस्तुको बजार प्रवर्धन गर्न र सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगलाई प्रभावकारी बनाउन ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका– २०८१’ जारी गरेको हो।

सरकारको यो निर्णयबाट स्वदेशी उत्पादन प्रवर्धनमा सहयोग पुग्ने भन्दै महासंघले सम्भव भएसम्म नेपाली उत्पादनको प्रयोग र प्रवर्धन गर्न आफ्ना सबै सदस्यलाई समेत आग्रह गरेको छ।

prabhu mahalaxmi
kumari bank
kumari