stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

सिटिजन्स बैंकले ६६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाए

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार बैंकले पुस मसान्तसम्म ६६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको हो।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.४५ प्रतिशत कम हो। गत आवको यसै अवधिमा बैंकले ७८ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको सञ्चालन नाफा घटेकाले खुद नाफा घटेको हो। गत आर्थिक वर्षमा १ अर्ब ८ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको यस बैंकको चालू आर्थिक वर्षमा १६.११ प्रतिशतले घटेर ९१ करोड १३ लाख रुपैयाँमा झरेको छ।

बैंकको खुद ब्याज आम्दानी भने गत आर्थिक वर्षको तुलनामा ८.२७ प्रतिशतले वृद्धि भएको छ। पुस मसान्तसम्म आइपुग्दा बैंकले ३ अर्ब ७ करोड ४५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत आवमा बैंकको यस्तो आम्दानी २ अर्ब ८३ करोड ९८ लाख रुपैयाँ मात्रै थियो।

बैंकको कुल सञ्चालन आम्दानी पनि १३.४१ प्रतिशतले वृद्धि भएर ३ अर्ब ९३ करोड ४५ लाख रुपैयाँ कायम भएको छ। जुन गत आवमा ३ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ८.९६ रुपैयाँ कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १५०.३९ रुपैयाँ रहेको छ। बैंकको खराब कर्जा ४.८५ प्रतिशत रहेको छ।

चुक्ता पूँजी १४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ रहेको यस बैंकको रिटेन्ड अर्निङमा १५ करोड ८१ लाख रुपैयाँ र रिजर्भमा ७ अर्ब २८ करोड रुपैयाँ सञ्चिति रहेको छ।

बैंकको ग्राहकमा कर्जा प्रवाह १ खर्ब ६१ अर्ब ३५ करोड रुपैयाँ छ भने निक्षेप संकलन १ खर्ब ९३ अर्ब ८१ करोड रुपैयाँ रहेको छ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long