stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

क्यानाडाका प्रधानमन्त्री ट्रुडोको पदबाट राजीनामा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले लिबरल पार्टीको नेता तथा प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको छ । आफ्नो नेतृत्वप्रति बढ्दो असन्तुष्टिकाबीच प्रधानमन्त्री ट्रुडोले हिजो राजीनामा दिनु भएको हो ।

उहाँले लिबरल पार्टीको नयाँ नेता चयन नभएसम्म प्रधानमन्त्री पदमा रहने बनाउनुभएको बीबीसीले जनाएको छ ।

विभिन्न आन्तरिक विवादका बीच रोकिएको संसद् यही जनवरी २७ मा पुनः शुरू हुन लागेकामा अब आउने मार्च २४ सम्म स्थगित हुने भएको छ । यो बीचमा लिबरल पार्टीको नेतृत्व प्रतिस्पर्धाको लागि अवसर हुने खबरमा उल्लेख छ ।

कन्जर्भेटिभ पार्टीको १० वर्षको शासनपछि ट्रुडो सन् २०१५ मा सत्तामा आउनुभएको थियो । पछिल्लो समय अर्थमन्त्रीको अचानक बिदाइले सरकारभित्र बढ्दो उथलपुथलको सङ्केत गरेपछि उहाँले राजीनामा घोषणा गर्नुभएको छ । राजनीतिक उथलपुथलले क्यानाडालाई अन्तर्राष्ट्रियस्तरमै कठिन स्थितिमा ल्याएको छ ।

नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आप्रवासी र लागूपदार्थको प्रवाह नरोके सबै क्यानाडाली सामानहरूमा २५ प्रतिशत भन्सार महसुल लगाउने बताउदै आउनुभएको छ ।

prabhu mahalaxmi
kumari