stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आयात–निर्यात व्यापारमा झिनो सुधार

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  लामो समयसम्म  नकारात्मक  अवस्थामा  रहेको  नेपालको  वैदेशिक  व्यापार  बिस्तारै सुधारोन्मुख हुन थालेको छ ।

भन्सार विभागद्वारा आज पुस ७ गते सार्वजनिक गरिएको चालु आर्थिक वर्ष २०८१/८२ को साउन महिनादेखि मंसिर मसान्तसम्म पाँच महिनाको वैदेशिक व्यापार सम्बन्धी तंथ्याकमा वैदेशिक निर्यात व्यापारमा १६.५४ प्रतिशतले बढेको र आयात व्यापारमा जम्मा तीन प्रतिशत सुधार भएको पाइएको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख ९४ हजार रूपैयाँ बराबरको वस्तु आयात भएको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा आयात तीन प्रतिशतले मात्र बढेको देखिन्छ ।

गत आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालले ६३ अर्ब २० करोड ७४ लाख रूपैयाँ बराबरको वस्तु निर्यात गरेकामा चालु आर्थिक वर्षको सोही अवधिमा निर्यात १६.५४ प्रतिशतले बढेर ७३ अर्ब ६५ करोड ९७ लाख ७१ हजार रूपैयाँ पुगेको छ । मुलुकमा आयात, निर्यात व्यापार बढेसँगै मुलुकको व्यापार घाटा पनि बढेको देखिन्छ ।

मंसिर मसान्तसम्ममा कुल सात खर्ब ३५ अर्ब १४ करोड ८३ लाख ६५ हजार रूपैयाँ बराबरको वैदेशिक व्यापार हुँदा नेपालले पाँच खर्ब ८७ अर्ब ८२ करोड ८८ लाख रूपैयाँ घाटा व्यहोरेको छ ।

गत आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा ४।२१ प्रतिशतले बढेको छ ।

मंसिर मसान्तसम्ममा सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयात भएको छ । यो अवधिमा ४२ अर्ब १७ करोड २८ लाख ६२ हजार रूपैयाँ बराबरको डिजेल २६ अर्ब ४५ करोड ४३ लाख रूपैयाँ बराबरको पेट्रोल २४ अर्ब २२ करोड ९१ लाख रूपैयाँ बराबरको एलपी ग्यास आयात भएको छ ।

त्यस्तै, २० अर्ब ९६ करोड रूपैयाँ बराबरको फलामजन्य वस्तु र १० अर्ब ३५ करोड ६१ लाख रूपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ ।

सबैभन्दा बढी निर्यात भएका वस्तुमा भटमास तेल, कार्पेट, अलैँची, सूर्यमुखी तेल, चियालगायत वस्तु रहेका छन् ।

पाँच महिनामा आठ अर्ब ३६ करोड ८५ लाख रूपैयाँ बराबरको भटमास तेल, चार अर्ब ९६ करोड ३३ लाख रूपैयाँ बराबरको कार्पेट, तीन अर्ब ४५ करोड ७२ लाख रूपैयाँ बराबरको अलैँची, दुई अर्ब ९७ करोड ६१ लाख रूपैयाँ बराबरको सूर्यमुखी तेल र दुई अर्ब ७१ करोड २६ लाख रूपैयाँ बराबरको चिया निर्यात भएको भन्सार विभागद्वारा सार्वजनिक गरिएको तंथ्याकमा उल्लेख गरिएको छ ।

prabhu mahalaxmi
kumari