stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

हिरो माभ्रिक स्क्र्याम्बलर भर्सनमा पनि आउने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

हिरो मोटोकर्पले आफ्नो प्रिमिमय मोटरसाइकल माभ्रिक ४४० लाई स्क्र्याम्बलर डिजाइनमा समेत ल्याउने भएको छ ।

कम्पनीले माभ्रिक ४४० मा आधारित स्क्र्याम्बलर–शैलीको मोटरसाइकलमा काम गरिरहेको हालै सार्बजनिक भएको यसको पेटेन्ट डिजाइनले खुलसा गरेको हो । बाइकमा केही कस्मेमिटक परिवर्तन गरिनेछ भने फिचर स्ट्यान्डर्ड माभ्रिक ४४० कै हुनेछ ।

सो नयाँ मोटरसाइकलको अगाडि गेटेड टेलिस्कोपिक फोर्क राखिनेछ । सानो विन्डस्क्रिन र ह्यान्डलबार ब्रेसको साथ गोलाकार हेडल्याम्प रहने माभ्रिक ४४० स्क्र्याम्बलरमा ट्यूबलर क्र्यास गार्ड र सम्प गार्ड पनि उपलब्ध हुनेछ । बाइकलाई स्ट्यागर्ड सेटअप सहित एलोई ह्विलसमेत उपलब्ध हुने अनुमान गरिएकोछ ।

स्ट्यान्डर्ड भर्सनमा जस्तै यसको स्क्र्याम्बलर भेरिएन्टमा पनि ४४० सिसी सिंगल सिलिन्ड इन्जिन प्रयोग हुने कम्पनीले जनाएको छ ।

उक्त इन्जिनले २७ बिएचपी र ३६ एनएम टर्क जनेरेट गर्दछ भने यसमा स्लिपर क्लचसहितको ६ स्पिड गियरवक्स उपलब्ध हुनेछ ।

प्राय साना सिसीका कम्युटर सेग्मेन्टमा काम गर्दै आएको हिरो मोटोकर्पले भारितय बजार विस्तारै प्रिमियम सेग्मेन्टमा सिफ्ट हुँदै गएपछि आफ्नो लाइनअपलाई थप परिष्कृत गर्दै लगेको छ । सोही क्रममा कम्पनीले हार्ले डेभिड्सनसंग सहकार्य गरी माभ्रिक मोडललाई बजारमा ल्याएको हो ।

prabhu mahalaxmi
kumari