stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

नेपाल एसबिआई बैंकको सीइओमा रामकुमार तिवारी नियुक्त

१९ वर्षको बैंकिङ अनुभव

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल एसबिआई बैंकले रामकुमार तिवारीलाई आफ्नो प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा नियुक्त गरेको छ।

मंसिर १८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले तिवारीलाई प्रबन्ध सञ्चालक तथा सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।

तिवारीले आगामी माघ २ गतेबाट सीईओको जिम्मेवारी सम्हाल्नेछन्। यसअघि बैंकका सीईओको रूपमा कार्यरत भारतीय स्टेट बैंक(एसबीआई) का प्रतिनिधि दीपककुमार देका स्थानमा तिवारी नियुक्त भएका हुन्।

भारतीय स्टेट बैंकसँगको सेवा सम्झौताअनुसार एसबीआईले नेपाल एसबिआई बैंकमा प्रबन्ध सञ्चालक खटाउने प्रचलन रहँदै आएको छ।

रामकुमार तिवारी नेपाल एसबिआई बैंकका महाप्रबन्धक हुन्। करिब १९ वर्षको बैंकिङ अनुभव भएका तिवारीले इन्दिरा गान्धी नेशनल ओपन युनिभर्सिटीबाट बैंकिङ एण्ड फाइनान्समा एमबीए गरेका छन्।

उनले बैंकभित्र विभिन्न उच्च जिम्मेवारी निर्वाह गर्दै बैंकिङ क्षेत्रमा व्यापक अनुभव संकलन गरेका छन्। तिवारीको नेतृत्वलाई बैंकले सशक्त व्यवस्थापन र संस्थागत वृद्धि हासिल गर्न मद्दत गर्ने विश्वास लिएको छ।

नेपाल एसबिआई बैंक देशभर वित्तीय सेवाहरू उपलब्ध गराउँदै आएको प्रतिष्ठित संस्था हो। तिवारीको सीईओका रूपमा नियुक्तिले बैंकको आगामी रणनीतिक योजनाहरूलाई थप बलियो बनाउन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long