हिमालयन रिइन्स्योरेन्सले २२ करोड ६३ लाख नाफा कमायो
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म हिमालयन रिइन्स्योरेन्स लिमिटेडले २२ करोड ६३ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षकोस सोही अवधिको तुलनामा २९.२२ प्रतिशतले धेरै हो ।
गत वर्ष यस रिइन्स्योरेन्सले १७ करोड ५० लाख रुपैयाँ नाफा कमाएको थियो ।यस रिइन्स्योरेन्सको लगानी तथा कर्जाबाट हुने आम्दानी ६९.३६ प्रतिशत बढेर ३१ करोड २१ लाख रुपैयाँ पुगेको छ । जसकारण नाफामा सुधार आएको हो ।
गत वर्ष उक्त आम्दानी १८ करोड ४३ लाख थियो । यता, खुद बिमा शुल्क संकलन १०.९५ प्रतिशतले बढेर ९२ करोड ४४ लाख रुपैयाँ पुगेको छ । बिमा कोषको आकार ७ अर्ब १९ करोड रुपैयाँ भन्दा धेरैको छ ।
चुक्ता पुँजी १० अर्ब ४० करोड रुपैयाँ रहेको हिमालयनको रिटेन्ड अर्निङमा ८१ करोड ९५ लाख रुपैयाँ रहेको छ । यसको सेयर प्रिमियममा ३ अर्ब १८ करोड छ । रिइन्स्योरेन्सको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ७१ पैसा र प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ १६ पैसा छ ।























