stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ६ करोड ४० लाख रुपैयाँ नाफा आर्जन

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन–असोज) को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिमा इन्स्योरेन्स कम्पनीले ६ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा इन्स्योरेन्स कम्पनीले १४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफामा ५४.३० प्रतिशतको संकुचन आएको छ।

समीक्षा अवधिमा इन्स्योरेन्स कम्पनीले ६६ करोड ८६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले यही अवधिमा ६२ करोड ९५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। कुल बीमाशुल्क ६.२० प्रतिशतले बढेको छ।

प्रथम त्रैमासमा इन्स्योरेन्स कम्पनीले ३४ करोड ७१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा इन्स्योरेन्स कम्पनीले ३४ करोड २३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। खुद बीमाशुल्क १.३९ प्रतिशतले बढेको छ।

चुक्तापुँजी २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ रहेको इन्स्योरेन्स कम्पनीको महाविपत्ति कोषमा १९ करोड ५५ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब १७ करोड ४३ लाख रुपैयाँ र अन्य इक्विटीमा १ अर्ब ११ करोड ६१ लाख रुपैयाँ रहेको छ।

अघिल्लो वर्ष असार मसान्तसम्म महाविपत्ति कोषमा १८ करोड ९१ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब ११ करोड ७३ लाख रुपैयाँ र अन्य इक्विटीमा १ अर्ब ६ करोड २२ लाख रुपैयाँ रहेको थियो। इन्स्योरेन्स कम्पनीको स्पेसल रिजर्भमा २ अर्ब ५० करोड २६ लाख रुपैयाँ रहेको छ।

इन्स्योरेन्स कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ९.१२ रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष ईपीएस १९.९६ रुपैयाँ थियो। पीई रेसियो ९५.६३ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २७७.६७ रुपैयाँ रहेको छ।

prabhu mahalaxmi
kumari bank
kumari