stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

एनएलजी इन्स्योरेन्स कम्पनीको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार इन्स्योरेन्स कम्पनीको मुनाफा सहित बीमा कोषको आकार पनि ३४.१९ प्रतिशतले वृद्धि भएर २ अर्ब ८३ करोड ८१ रुपैयाँ पुगेको छ ।

चालु  आर्थिक  वर्षको तीन  महिनामा इन्स्योरेन्स कम्पनीको मुनाफा ४ करोड ८९ लाख ५ हजार रुपैयाँ पुगेको छ । जुन गत वर्षको तुलनामा ४.२२ प्रतिशतले कम हो । इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ५ करोड १० लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा इन्स्योरेन्स कम्पनीको कुल बीमा शुल्क आर्जन केहि सामान्य घट्न पुगेको छ । यस अवधिमा कम्पनीको यस्तो आर्जन गत आर्थिक वर्षको तुलनामा ७.११ प्रतिशतले घटेर ३५ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा इन्स्योरेन्स कम्पनीको उक्त आर्जन ४१ अर्ब १८ करोड रुपैयाँ रहेको थियो ।

इन्स्योरेन्स कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १२.७१ रुपैयाँ रहेको छ भने चुक्तापूँजी १ अर्ब ५३ करोड छ । कम्पनीको प्रतिशेयर नेटवर्थ २१४.३० रुपैयाँ छ ।

prabhu mahalaxmi
kumari