stcnepal long ad
ime life insurance
national life
global ime bank long

सिटिजन्स क्यापिटल लिमिटेडद्वारा लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडको मिति २०८१ साल कार्तिक १२ गते सिन्धुलीे स्थित सिन्धुली बहुमुखी क्याम्पस तथा सिन्धुली उघोग वाणिज्य संघमा विश्व लगानीकर्ता सप्ताह २०२४ को अवसरमा लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा सिन्धुली बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीे तथा शिक्षकहरुको संम्लग्नता रहेको थियो । त्यस्तै सिन्धुली उघोग वाणिज्य संघमा स्थानीय व्यवसायीहरुको संम्लग्नता रहेको थियो ।

नेपाल धितोपत्र बोर्डबाट लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमति प्राप्त भएको सिटिजन्स क्यापिटल लि. सिटिजन्स बैंकको सहायक कम्पनी रहेको र यो कम्पनीमा  कर्मचारी संचय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरुको सह–लगानी रहेको छ । काठमाडौं डिल्लीबजार स्थित बाटुलेघरमा संस्थाको रजिष्ट्रर कार्यालय रहेको छ ।

काठमाडौं बाहिरका लगानीकर्ताहरुले पूँजी बजारमा प्रत्यक्ष रुपमा सहभागी भई लगानी गर्न समस्या रहेको हालको परिस्थितिमा संस्थाले लगानी व्यवस्थापक (पोर्टफोलियो म्यानेजर) को सेवा सिटिजन्स बैंकका देशभरीका सम्पूर्ण शाखा कार्यालयहरुबाट प्रदान गरी इच्छुक लगानीकर्ताहरुलाई संस्थाको विज्ञ तथा अनुभवी व्यवस्थापन समुहबाट सेवा प्रदान गर्दै आएको छ ।

 

IME Lifesidebar
kumari