stcnepal long ad
ime life insurance
national life
global ime bank long

ज्योति विकास बैंकका ग्राहकलाई स्काई वल्क टावरमा विशेष छुट

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई स्काई वल्क टावरमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ । बैंकले काठमाडौंको कमलादी स्थित स्काई वल्क टावरमा २० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता गरेको हो ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका मार्केटिङ तथा ब्रान्डिङ विभागका प्रमुख कुशल जंग अधिकारी तथा स्काई वल्क टावरको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत रोहित ज्ञवालीले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अनुसार ज्योति विकास बैंकका ग्राहकहरुले स्काई वल्कका भ्यू टावर भ्रमण गर्दा टिकट शुल्कमा छुट पाउने बैंकले जनाएको छ ।

ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

IME Lifesidebar
kumari