stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

एक महिनामा बैंकहरुबाट रु. १ अर्ब ३५ करोड शेयर लोन प्रवाह, कुन रेन्जको कति ?

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा बैंकहरुबाट १ अर्ब ३५ करोड रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनसम्म बैंकहरुबाट ९१ अर्ब ४४ करोड ३३ लाख रुपैयाँ शेयर धितो कर्जा गएको छ। गत असारसम्म ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ कर्जा गएको थियो।

यो हिसाबले एक महिनामा बैंकहरुबाट थप १ अर्ब ३५ करोड १ लाख रुपैयाँ शेयर धितो कर्जा भएको छ। असारको तुलनामा साउनमा १.५ प्रतिशतले शेयर धितो कर्जा बढेको छ।

साउनसम्म बैंकहरुबाट १ करोड रुपैयाँ माथिको रेन्जको कर्जा ५८ अर्ब १० करोड २२ लाख रुपैयाँ शेयर धितो कर्जा गएको छ।

गत असारसम्म यो रेन्जको कर्जा ५५ अर्ब ९३ करोड २ लाख रुपैयाँ गएको थियो। यो रेन्जको कर्जाको माग ३।९ प्रतिशतले बढेको छ।

यसैगरी साउनसम्म बैंकहरुबाट ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १२ अर्ब ४७ करोड २९ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १३ अर्ब ८१ करोड ५४ लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्को रेन्जको कर्जा ७ अर्ब ५ करोड २८ लाख रुपैयाँ गएको छ।

असारसम्म बैंकहरुबाट ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १२ अर्ब ४२ करोड ७७ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १४ अर्ब ४२ करोड ३१ लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्को रेन्जको कर्जा ७ अर्ब ३१ करोड २३ लाख रुपैयाँ गएको छ।

साउनसम्म ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा ०.४ प्रतिशतले बढेको छ भने २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा ४.२ प्रतिशत र २५ लाख रुपैयाँसम्को रेन्जको कर्जा ३.५ प्रतिशतले घटेको छ।

prabhu mahalaxmi
kumari