stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग र चार्टर्ड एकाउण्टेण्ट्स संघको सहकार्यमा अन्तरक्रिया हुने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको प्राविधिक सहकार्य तथा नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघको आयोजनामा नामक एक दिने अन्तरक्रिया कार्यक्रम सञ्चालन हुने भएको छ।

राष्ट्रिय तथा अन्तरराष्ट्रिय विषयविज्ञ, अग्रज व्यक्तित्व तथा लगानीकर्ताहरूको उपस्थितीमा यहि मिति २०८१ असोज ११ गते काठमाडौं मेरियट होटलमा उक्त कार्यक्रम सञ्चालन हुने भएको हो ।

उक्त कार्यक्रमबाट नेपालमा वैदशिक लगानी प्रोत्साहन हुने तथा सो सम्बन्धी बहुआयामिक विषयहरूमा विभिन्न सरोकारवालाहरूको छलफलबाट देशमा लगानीको वातावरणमा सुधार हुने र लगानी व्यवस्थापन कार्यमा समेत थप टेवा पुग्ने विश्वास नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले लिएको छ।

नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले भारतको एसबिआई क्यापिटल मार्केट्स लिमिटेड )एसबिआईक्याप्स्) सँग संस्थागत परामर्श सेवाका लागि प्राविधिक सहकार्य समेत गरिरहेको छ।

संस्थाले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानी ब्यबस्थापन सेवा, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सेवा, धितोपत्र खरिद प्रत्याभुति सेवा, हितग्राही खाता सञ्चालन सम्बन्धी सेवा, संस्थागत परामर्श सम्बन्धी सेवा तथा शेयर रजिष्ट्रार सम्बन्धि सेवा प्रदान गर्दै आइरहेको छ ।

prabhu mahalaxmi
kumari