stcnepal long ad
ime life insurance
national life
global ime bank long

राष्ट्रिय एकता नै शक्ति 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

डा. ठाकुर माेहन श्रेष्ठ

१.  बिवेकयुक्त नेपालीले सत्य के हो भन्ने कुरा बुझ्ने समय आयो । विदेशी योजना, रणनीति तथा लगानीमा ठडिएका केही चर्चित पार्टीहरू तथा केही ठूला नेता गणहरू नै देशको शासन सत्तामा वसेर हामी जस्ता देशका सुरक्षा अंगमा रहेका राष्ट्र सेवकहरूलाई लढाए र हामी लड्यौ ।

राष्ट्रवासिहरूका धन, जन,सम्पत्ती तथा तत्कालीन कानूनका रक्षाका लागि हामीले गरेका सबै कर्म असान्दर्भिक बनाउने काम गरियो । १७ हजार भन्दा वढी नेपालीको ज्यान किन जाने गरि गरिएको युध्द र प्रतियुध्दले ल्याएको परिवर्तनले के ल्यायो ?

अझै पनि त्यही बाटोमा दुनियाँ अन्जानबस हिंड्ने र गती मती, तिनै पात्र र प्रवृति ने राज्यको शासन सत्तामा रहेर अपराध गर्दै जाने हो भने यो देश सुरक्षित कसरी रहन्छ ? शासकहरुका कार्यशैलीमा सुधार,विकास भएको अनुभूती जनता जनार्दनहरूले गर्न नपाउनु देशको दुर्भाग्य हो ।

२. राजनीतिका माध्यमवाट देशमा सुशान्ति र समृध्दी ल्याउछौ भनेर पछिल्ला राजनीतिक धन्दामा सहास गरी होमिएका विभिन्न ब्यक्तित्वहरु समेत हरेस खाएर अव सामाजिक अभियानका माध्यमवाट नेपाल र नेपाली वचाउने र वनाउने कुरामा प्रत्यक्ष परोक्ष रूपमा स्वीकार गरी समाज घरमा फर्कनु पर्रे र हामी जस्ता ६० वर्षका हाराहारीमा आएका तथा अझै ८२ वर्ष माथिका विशिष्ठ श्रेणीका राष्ट्रसेवक, स्वतन्त्र नागरिक, प्राज्ञहरू, राष्ट्रवादी युवा जनशक्तिहरू देशमा भए गरेका विसंगती, विकृति र राष्ट्रघातकमा विरूध्द सडकमा धाउनु पर्ने अवस्थाले देशको व्यवस्था पूर्ण सफल भएको सिध्द भएनर र ?

२०४७ सालदेखि हालसम्म जना ११ जना २० पटक प्रधानमन्त्री वने । किन नेपालको सम्प्रभुतामा बिश्वास रहेन ? किन रक्षा हुन सक्दैन ? विभिन्न राजनीतिकवाद र सिध्दान्तवालाहरुले शासन त गरे तर नेपाल र नेपालीको हकहित र उन्नतिका लागि सिन्को सम्म भाँचेको देखिएन ।

व्यक्ति र दल मोटाउने देश असफल हुने वाहय शक्ति रमाउने काममा अव भूल नगरौ । राष्ट्रप्रतिको कर्तव्य, नैतिकता, राष्ट्रभक्तिको भावना र मातृभूमीसंगको प्रेम छ भने जनताको नासो अव सहजै नागरिक र राजसंस्थालाई फिर्ता वुझाइदेउ । राष्ट्रिय साझाहीत र कल्याण हुनेछ । यो प्रायश्चितको अवसर पनि हो ।

अन्तिम नेपालीले पनि सम्मान गनेर्छन, गौरवी पूर्खाको कदम र सहासको गाथा सम्झेर । ३. अवको विकल्प भनेको नै हिमाल, पहाड र तराईका नेपालीहरुको वल वुताको शान्तिमार्गको आम सहभागिताको सडक आन्दोलन हो । स्मरण रहोस भारत महात्मा गान्धीको शान्ति आन्दोलनवाट, चीन सांस्कृतिक क्रान्तिवाट, जर्मन विस्मार्कको कदमवाट आजको अवस्थामा पुग्न सकेको हो ।

नेपाल जस्तो पुरानो र स्वतन्त्र देशको परिकल्पना र निर्माण दीर्घ सोचका वडामहाराधिराज पृथ्वी नारायण शाहका तथा वहाका वंशका नेतृत्वमा सवै समुदायका वीर त्यागी पुर्खाहरुको त्याग र मिहनतवाट भएको हो ।

कालान्तारमा ती गौरवमय ऐतिहासिक विरासतको सान राख्न हामीले के गर्नु पर्थ्यो ? के गर्न सकिएन ? अव के गर्ने ? भन्ने उत्तरमा सायद आजकमा युवा पीडीहरु समेत स्पष्ट भैसकेको महशुस हुन्छ ।

४. समस्या मात्र होईन देशमा प्रशस्त राष्ट्रिय साधन स्रोत र सम्भावनाहरु छन, जुन सदुपयोग हुन वाँकी छन । खाँचाे छ स्थायी राजसंस्था तथा सुधारवादी राष्ट्रवादी नेतृत्वहरू र युवापिडीहरूका सहभागिता ।

हीराजडीत सुनको थाली रुपी नेपालमा सुकी पैसा मागेर अनावश्यक नेतागणलाई तलव खुवाउने, व्यक्ति र दल मोटाउने काममा अव भूल नगरौ । अवअवेर नगरौ टेस्टेड नेताहरू र दलका पंजावाट सनातन संस्कृतिक र प्राकृतिक साधनका धनी नेपाल र नेपाली वचाउन र वनाउन सवै जुटौ नेपाल आन्दोलन २०७७ मा प्रजातन्त्र सहितको राजसंस्थाका लागि । नीति, कार्यक्रम र रणनीति सहित नेतृत्व, संगठन तथा जिम्मेवारी र उत्तरदायीका पक्षमा सवै मिलेर निर्णय लिऔ । एकता नै शक्ति हो ।

IME Lifesidebar
kumari