stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

कोरोना महामारीको स्थिति झन् बिग्रिनसक्छ डब्लूएचओ

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले देशहरुले निर्णायक कदम नचालेमा कोरोना संकट अझै खराब भएर जान सक्ने चेतावनी दिएको छ ।

डब्ल्यूएचओ प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले धेरै देशहरु गलत दिशामा अघि बढेको भन्दै उक्त चेतावनी दिएका हुन् ।

सोमबार जेनेभास्थित मुख्यालयबाट एउटा भर्चुअल प्रेस व्रिफिङमा उनले भनेका छन्, ‘मलाई सोझो भन्न दिनुहोस् कि धेरै देशहरु गलत दिशातिर अघि बढिरहेका छन् । कोरोना भाइरस अझै पनि आमजनताका लागि १ नम्बरकै दुश्मनको रुपमा रहिरहेको छ र यसो संकट खराब हुँदै जान सक्छ ।’

गेहब्रेयससले चेतावनी दिँदै भने, ‘तत्कालै पहिलेको स्थितिमा फर्कन सकिने अवस्था देखिँदैन, तर रोगलाई नियन्त्रण गरेर हामी हाम्रो जीवनलाई अघि बढाउन सकिने बाटाहरु छन् । यसमा गम्भीर हुनुहोस् ।’

धेरै देशहरुमा भौतिक दुरी कायम गर्ने, हात धुने, मास्क लगाउने जस्ता सामान्य सतर्कता पनि नअपनाइएको भन्दै उनले यदि डब्ल्यूएचओ र स्वास्थ्यविज्ञहरुले दिएका सावधानीका उपाय नअपनाए विश्व सामान्य अवस्थामा फर्किन नसक्ने चेतावनी दिए ।

उनले भने, ‘यदि आधारभूत कुरामा पनि ध्यान दिइएन भने महामारी लगातार बढ्ने छ र स्थिति झन् पछि झन् खराब हुँदै जाने छ ।’

तर केही नेताहरुले उल्टै विश्व स्वास्थ्य संगठनलाई कोरोना भाइरसको संक्रमण रोक्न नसकेको भनेर आरोप लगाउने गरेको गेहब्रेयससले बताए ।

यसो भन्दै गर्दा उनले कसैको नाम त लिएनन् तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति संकेत गरेको अनुमान कतिपयले गरेका छन् । डोनाल्ड ट्रम्पले डब्ल्यूएचओको कडा आलोचना गर्दै आएका छन् ।

prabhu mahalaxmi
kumari bank
kumari