stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

विश्वले दुध दिवस मनाइरहेका बेला नेपालका दुध किसानले साढे तीन अर्ब रुपियाँ बक्यौता रकम भुक्तानी पाएनन्

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । विश्वले दुध दिवस मनाइरहेका बेला नेपालका दुध किसानले साढे तीन अर्ब रुपियाँ बक्यौता रकम भुक्तानी पाएका छैनन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गठन गरेको अध्ययन समितिले तयार पारेको प्रतिवेदन अनुसार दुध किसानलाई तीन अर्ब ४० करोड रुपियाँ भुक्तानी गर्न बाँकी रहेको छ ।

त्यति नै मात्रामा दुग्धजन्य पदार्थ मौज्दात रहेको समितिको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार डेरी उद्योगीसँग चार अर्ब ६० करोड रुपियाँ बराबरको दुग्धजन्य पदार्थ मौज्दात रहेको छ ।

विश्व दुध दिवसको अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाली डेरी एसोसिएनलगायतका सङ्घ संस्थाले संयुक्त रूपमा आयोजना गरेको पत्रकार सम्मेलनमा डेरी उद्योगी एवं बोर्डका सदस्य सुमित केडियाले किसानलाई भुक्तानी गर्न बाँकी रहेको रकम र दुग्धजन्य पदार्थको मौजदात बारेमा अध्ययन गर्न बनाएको समितिले प्रतिवेदन सार्वजनिक गरेको बताउनुभयो ।

दुग्धजन्य पदार्थ मौज्दात रहेका कारण समयमा भुक्तानी गर्न समस्या भएको बताउँदै उहाँले सरकारले बजेटमा केही राहतको व्यवस्था गर्ला भनी आस गरेको तर केही नआएको भनि गुनासो गर्नुभयो ।

विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवं जीविकोपार्जनमा पुर्‍याएको योगदानको मनन गर्दै दुधको उपभोगमा वृद्धि गर्ने उद्देश्यले संयुक्त राष्ट्रिय सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले १ जुन २००१ देखि विश्व दुध दिवस मनाउन सुरु गरेको हो ।

‘दुध तथा दुग्ध पदार्थको सेवन, दुग्ध व्यवसायको प्रवर्धन’ मूल नाराका साथ यस पटक २४ औँ दुध दिवस मनाउन लागिएको हो ।

नेपालमा विभिन्न कार्यक्रम गरी जेठ १४ गतेदेखि नै यो दिवस मनाउन सुरु गरिएको नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले जानकारी दिनुभयो ।

prabhu mahalaxmi
kumari