मिसेल ओबामाकी आमाको निधन

वासिङ्टन । अमेरिकी पूर्व प्रथम महिला मिसेल ओबामाकी आमा मारियन रोबिन्सनको ८६ वर्षको उमेरमा निधन भएको उनको परिवारले जनाएको छ । एक विज्ञप्तिमा ओबामाले रबिन्सनको शुक्रबार बिहान मृत्यु भएको जानकारी दिएकी हुन् ।
बराक ओबामाको प्रशासनको आठ वर्षको अवधिमा सन् २००९ र २०१७ को बिचमा रोबिन्सन ह्वाइट हाउसमा चर्चित थिइन्। उनले धेरै समय आफ्ना दुई नातिनी, मिसेल र बाराक ओबामाकी छोरी मालिया र साशाको हेरचाहमा बिताइन्।
सामाजिक सञ्जाल एक्समा पोस्ट गरिएको एक बयानमा, मिसेल ओबामाले रोबिन्सनलाई ‘चट्टान’को संज्ञा दिँदै आफूलाई जे चाहिन्छ त्यसको लागि सधैँ त्यहाँ उपस्थित भएको उल्लेख गरेकी छन् । ‘आज उहाँको निधन भएको कुरा साझा गर्दा हामी दुःखी छौँ,’ उनले लेखिन्।
एक अलग ट्वीटमा, बाराक ओबामाले भने, ‘यहाँ एक मात्र मारियन रोबिन्सन थिइन् र रहनेछिन्।’ मृत्युको कारणबारे थप विवरण भने दिइएको छैन ।
सन् १९३७ज्ञमा जन्मिएकी रोबिन्सन ओबामाले चुनाव जितेपछि वासिङ्टन डीसी आउन सहमत हुनु अघि आफ्नो जीवनको धेरै समय सिकागो सहरमा बिताएकी थिइन् । बीबीसी