stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

उद्योग परिसंघले भन्यो–स्वदेशी उद्योगमा लोडसेडिङ गरेर प्राधिकरणले भारतलाई विद्युत् बेच्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपालका उद्योगहरूमा लोडसेडिङ यथावत् राख्दै नेपाल विद्युत् प्राधिकरणले विद्युत् निर्यात गरेको विषयप्रति नेपाल उद्योग परिसंघको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

विद्युत् प्राधिकरणले सोमबारदेखि दैनिक ४०० मेगावाट विद्युत् निर्यात गरेको समाचार सञ्चार माध्यमहरूमा प्रकाशित भएपछि नेपाली उद्योगलाई विद्युत् नदिई भारत निर्यात गरेको भन्दै परिसंघले विरोध जनाएको हो ।

‘सरकारले स्वदेशी उद्योगहरूको प्रवर्द्धन गर्ने, निजी क्षेत्रको मनोबल बढाउन प्रयासरत रहेको बताइरहँदा सरकारी निकाय नै रहेको विद्युत् प्राधिकरणले स्वदेशी उद्योगहरूलाई मारेर कसरी विद्युत् निर्यात गर्न सक्यो भन्ने भन्दै परिसंघले विज्ञप्ति निकालेको छ ।

‘हामीले विद्युत् उत्पादन कम हुँदा आयात गरेरै भए पनि उद्योगहरूलाई विद्युत् उपलब्ध गराउन आग्रह गर्दै आएका थियौँ । तर, प्राधिकरणले विद्युत् आयात गर्दा महँगो पर्ने तर्क गर्दै विद्युत् आयात नै गरेन । जसको मारमा उद्योगहरू विगत तीन महिनाअघि देखि पर्दै आएका छन् ।

अहिले विद्युत् बचत हुँदा पनि उद्योगहरूलाई पर्याप्त उपलब्ध नगराई निर्यात गर्नु भनेको प्राधिकरणले आफूलाई ‘खुद निर्यातकर्ता’ देखाउन खोजेको पुष्टि गरेको छ । प्राधिकरणको यस कार्यको परिसंघ खेद प्रकट गर्दछ,’ पसिसंघले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

स्वदेशी उद्योगमा बिजुली मागे जति नदिने तर निर्यात गरेर आम्दानी देखाउनेतर्फ ध्यान नदिई स्वदेशी उद्योगहरूको प्रवर्द्धनमा सहयोग गर्न परिसंघ आग्रह गर्दछ । साथै, उद्योगहरूलाई पर्याप्त विद्युत् उपलब्ध गराएर बचत रहेको विद्युत् मात्रै निर्यात गर्न समेत परिसंघले माग गरेको छ ।

prabhu mahalaxmi
kumari