stcnepal long ad
ime life insurance
global ime bank long

इङ्लिस प्रिमियर लिगमा म्यानेचेस्ट सिटी शीर्षस्थानमा फर्कियो, आर्सनल दोस्रो स्थानमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

इङ्लिस प्रिमियर लिगमा फुलह्याममाथि सहज जित निकाल्दै म्यान्चेस्टर सिटी शीर्ष स्थानमा फर्किएको छ । गएराति भएको खेलमा सिटीले घरेलु टोली फुलह्यामलाई ४–० गोल अन्तले पराजित गरेको हो ।

सिटीको जितमा जोस्को ग्वार्डियोलले २ गोल गरे । यस्तै, फिल फोडेन र जुलियन अल्भारेजले एक एक गोल थपे ।

पहिलो हाफमा १–० को अग्रता बनाएको सिटीले दोस्रो हाफमा थप ३ गोल गरेको हो । जितसँगै शीर्षस्थानमा पुगेको सिटीले ३६ खेलबाट ८५ अंक जोडेको छ । समान खेल खेलेको आर्सनल ८३ अंकसहित दोस्रो र लिभरपुल ७८ अंकसहित तेस्रो छ । पराजित फुलह्याम भने ३७ खेलबाट ४४ अंकसहित १४औँ स्थानमा छ ।

गएराति नै भएका अन्य खेलमा चेल्सीले नटिंघम फरेस्टलाई ३–२ ले हराएको छ । टोटनहम हटस्परले बर्नलीविरुद्ध २–१ को जित दर्ता गर्दा बर्नमाउथ ब्रेन्टफर्डसँग पराजित भएको छ । यस्तै क्रिष्टल प्यालेसले उल्भ्सलाई ३–१ ले हराउँदा वेष्टह्यामले लुटन टाउनलाई ३–१ ले नै हरायो ।

prabhu mahalaxmi
kumari