citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेपाल लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०८०/८१को तेश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन

बीमा कोषमा १ खर्ब ८९ अर्ब

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१को तेश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ ।

८ अर्ब २० करोड शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा ६० करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४९ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २२।२१ प्रतिशतले वृद्धि भएको हो ।

चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीले शेयर प्रिमियममा सिर्षकमा ४ करोड रुपैयाँ संचित गरेको छ । यस अवधिमा कम्पनीको महाविपत्ती कोषमा १ अर्ब ११ करोड ७५ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्गमा २ अर्ब २९ करोड ८ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७९/८०को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषमा १ खर्ब ६३ अर्ब ५५ करोड रहेको थियो । गत आर्थिक वर्षको असारमसान्तको तुलनामा चैत्र मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषको आकार १५.६७ प्रतिशतले वृद्धि भएर १ खर्ब ८९ अर्ब १८ करोड पुगेको छ ।

चैत्र मसान्तसम्ममा कम्पनीले २९ अर्ब ४३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २७ अर्ब २५ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ७.९७ प्रतिशतले वृद्धि भएको हो ।

समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ३० करोड ६० लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४१ करोड ३३ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो ।

कम्पनीले यस अवधिमा २९ अर्ब १२ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २६ अर्ब ८४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ८.५० प्रतिशतले वृद्धि भएको हो ।

समिक्षा अवधिमा कम्पनीले २ अर्ब १९ करोड २४ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ ।  गत आर्थिक  वर्षको सोही  अवधिमा कम्पनीले २ अर्ब २३ करोड ४३ लाख रुपैयाँ खर्चिएको थियो । कम्पनीको प्रतिशेयर आम्दानी ९.८० रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १४८.६५ रुपैयाँ रहेको छ ।

himalayan life insurance
igi long