बैंकिङ र बीमा क्षेत्रको सुपरिवेक्षणलाई सुदृढ पार्ने विश्व बैंकले नेपाललाई साढे १० अर्ब ऋण दिने
World Bank on glass building. Mirrored sky and city modern facade. Global capital, business, finance, economy, banking and money concept 3D rendering animation.
काठमाडौँ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपाललाई वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न, वित्तीय समाधानहरू विविधीकरण गर्न र वित्तीय सेवाहरूमा पहुँच बढाउन ८० मिलियन डलर (करिब १० अर्ब ६८ करोड रुपैयाँ) को विकास नीति ऋण स्वीकृत गरेको छ ।
बैंकले थर्ड फाइनान्स फर ग्रोथ डेभलपमेन्ट पॉलिसी क्रेडिटले निजी क्षेत्रको नेतृत्वमा भएको वृद्धिलाई समर्थन गर्न वित्तीय क्षेत्रको कार्यप्रणालीमा सुधार गर्ने लक्ष्य राखेको छ ।
यस सहायताले नेपालको बैंकिङ र बिमा क्षेत्रको सुपरिवेक्षणलाई सुदृढ पार्ने र पूँजी, बिमा र विपद् जोखिममा नयाँ वित्तीय उत्पादनको आविष्कारलाई बढावा दिने विश्व बैंकले जनाएको छ ।
यस अभियानले महिला उद्यमीहरूलाई केन्द्रित गर्दै डिजिटलाइजेसन, परिष्कृत ऋण पूर्वाधार र सुधारिएको वित्तीय साक्षरता मार्फत वित्तीय समावेशीकरणमा पनि वृद्धि गर्नेछ ।
“यस परियोजनाले नेपालको हरित, लचिलो र समावेशी विकासलाई समर्थन गर्दछ र विशेष गरी गरिब र जोखिममा परेकाहरूलाई फाइदा पु¥याउने गरि नेपालको आर्थिक वृद्धिमा योगदान पु¥याउन निजी लगानीका लागि सक्षम वातावरण सिर्जना गर्न मद्दत गर्नेछ,“ नेपाल, श्रीलंका र माल्दिभ्सका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद–जेर्भोसले भने ।
यस सहायताले नेपालको जलवायु एजेन्डालाई पनि समर्थन गर्दछ, उदाहरणका लागि, ग्रिन बन्ड जारी गर्न एउटा संरचना स्थापना र क्रेडिट ग्यारेन्टी उत्पादनहरूमा जलवायु सम्बन्धी न्यूनीकरण र अनुकूलन प्रतिबद्धताहरू एकीकृत गर्दै जलवायु सम्बन्धी जोखिमहरू र बैंकिङ क्षेत्रको पोर्टफोलियोको प्रभावहरूको खुलासा गरी जलवायु जोखिमहरूको पर्यवेक्षणलाई बढाएर जलवायु जोखिम सहित बिमा उत्पादनहरूको लागि जोखिम–सूचना मूल्य निर्धारण गर्ने विश्व बैंकले आशा गरेको छ ।























