stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

क्षत्री समाज नेपालको अध्यक्षमा रिव थापा, महासचिवमा कृष्ण थापा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

पोखरा । क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा लेखबहादुर कार्की, उपाध्यक्ष (महिला) अमृतदेवी वानिया प्रदेश अन्तर्गत उपाध्यक्षमा लालबहादुर अधिकारी, श्याम कार्की र राजेन्द्र अधिकारी चयन भए ।

यसैगरी समितिको महासचिवमा पोखराका कृष्णबहादुर थापा, कोषाध्यक्षमा पदमबहादुर कार्की र लेखा समितिको अध्यक्षमा शंकरबहादुर के.सी. र लेखा समिति सचिवमा पदमबहादुर के।सी निर्वाचित भए ।

पदाधिकारी सहित ४१ सदस्यीय केन्द्रीय समिति सर्वसम्मवत चयन भएको निर्वाचन समिति संयोजक चन्द्रबहादुर रोकाहाले जानकारी दिए । नवनिर्वाचित कार्यसमितिको पदस्थापन समेत भएको छ ।

समाजको उद्देश्य अनुसार कार्य गर्ने गरी समाजलाई अगाडी बढाउन नवनिर्वाचित कार्यसमिति सकृय रहने अध्यक्ष रिवबहादुर थापाले बताए ।

२०५३ सालमा स्थापना भएको क्षत्री समाजले सम्पूर्ण खस क्षत्रीहरुको साझा संस्थाको रुपमा राष्ट्रिय अखण्डता र जातिय सदभावका लागि देशभर विभिन्न कार्यक्रमहरु गर्दै आएको महासचिव कृष्णबहादुर थापाले बताए ।

कार्यक्रममा समाजका निर्वतमान अध्यक्ष प्रा.डा.दिलबहादुर क्षेत्री, प्रा.डा.चन्द्रबहादुर थापा, पूर्वमन्त्री एवं सल्लाहकार कुमार खडका, शोभियत बहादुर अधिकारी, प्रेमबहादुर जि.सी, अध्यक्षका प्रत्यासी पूर्व महासचिव केशबहादुर के.सी, लुम्विनी प्रदेश अध्यक्ष पृथ्वी फौजदार, गण्डकी प्रदेश अध्यक्ष ईन्द्रमान खत्री, महिला समाज अध्यक्ष उर्मिला खड्का, तनहुँ जिल्ला अध्यक्ष शम्भु अधिकारी, युवा समाजका केन्द्रीय अध्यक्ष दीपम गोदार, भुपू समाजका अध्यक्ष मानबहादुर थापा लगायतले समाजको गरिमालाई देशव्यापी बढाउनुपर्नेमा जोड दिए ।

निर्वाचन समिति संयोजक चन्द्रबहादुर रोकाहाको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन समिति सदस्य गणेशबहादुर अधिकारी, यामबहादुर खत्रीले निर्वाचनसम्वन्धी धारणा राखेका थिए ।केन्दिय महाधिवेशनमा देशभरबाट ४६ जिल्लाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

prabhu mahalaxmi
kumari