stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

साविक विजेता सिटीलाई हराउँदै रियल पुग्यो सेमिफाइनलमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ ।  सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो ।

गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम १–१ को बराबरी टुंगिएको थियो । समग्रमा ४–४ बराबरी भएपछि टाइब्रेकरमा गएको थियो ।

रियलको मैदानमा भएको पहिलो लेग ३–३ को बराबरीमा टुंगिएको थियो । दोस्रो हाफमा केभिन डि ब्रएनाको बराबरी गोलमा सिटी खेलमा फर्केको थियो ।

डि ब्रुएनाले ७६ औं मिनेटमा गोल गरेका थिए । त्यसअघि रियलले  रोड्रिगोको गोलमा अग्रता  लिएको थियो । उनले १२ औं मिनेटमा गोल गरेका हुन् ।

prabhu mahalaxmi
kumari