evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

वाणिज्य बैंकहरुको मुद्दति निक्षेपमा २ खर्बभन्दा बढी रकम जम्मा

कुन बैंकमा कति छ ?

Prabhu Insurance Long Ad
global bank

काठमाडौं । वाणिज्य बैंकहरुको मुद्दति निक्षेपमा २ खर्बभन्दा बढी रकम जम्मा भएको छ । केन्द्रीय बैंकको फागुन मसान्तसम्मको तथ्यांकअनुसार बैंकहरुको मुद्दति निक्षेपमा २ अर्ब ३४ करोड रुपैयाँ जम्मा भएको छ ।

फागुन मसान्तसम्म आइपुग्दा सबैभन्दा धेरै रकम ग्लोबल आइएमई बैंकको मुद्दति निक्षेपमा जम्मा भएको छ । यस बैंकको मुद्दति निक्षेपमा ग्राहकले १८ अर्ब ५ करोड रुपैयाँ जम्मा गरेका छन् ।

वैशाख महिनाको लागि ग्लोबल आइएमईले व्यक्तिगत मुद्दतिमा ६ प्रतिशत र संस्थागत मुद्दतिमा ५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यस्तै।

नबिल बैंकमा १५ अर्ब ८७ करोड र कुमारी बैंकमा १४ अर्ब ८३ करोड रुपैयाँ ग्राहकले राखेका छन् । यता, नेपाल इन्भेष्टमेन्ट मेगा, एनआइसी एसिया, हिमालयन, लक्ष्मी सनराइज र प्रभु बैंकको मुद्दति निक्षेपमा पनि निक्षेपकर्ताले १० अर्बभन्दा बढी रकम राखेका छन् ।

मुद्दति निक्षेपको खातामा सबैभन्दा कम रकम हुनेमा स्टान्डर्ड चाटर्ड बैंक रहेको छ । यस बैंकको मुद्दति निक्षेपमा जम्मा २ अर्ब ७९ करोड रुपैयाँमात्र रहेको छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले मुद्दति निक्षेपको ब्याजदर धमाधम घटाउँदै गएका छन् । वैशाख महिनाको लागि निर्धारण भएको व्यक्तिगत मुद्दतिको अधिकतम ब्याजदर ८ प्रतिशतभन्दा कम छ ।

अहिले बैंकिङ प्रणालीमा अधिक तरलता भएसँगै सबैखाले निक्षेपको ब्याजदर घटिरहेको छ । त्यसमध्ये पनि व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपको ब्याजदर थप द्रुतगतिमा घट्दै गएको छ । गत पुस मसान्तमा व्यक्तिगत मुद्दतिको औसत ब्याजदर ८.९९ प्रतिशत निर्धारण भएकोमा वैशाख मसान्तसम्म आइपुग्दा औसातमा उक्त ब्याजदर ७.०६ प्रतिशत निर्धारण भएको छ ।

वैशाखमा संस्थागत मुद्दतिको औसत ब्याजदर ५.८७ प्रतिशत निर्धारण भएको छ ।बैंक तथा वित्तीय संस्थामा निक्षेप बढेकोबढ्यै गर्दा कर्जा विस्तार भने अपेक्षितरुपमा हुन सकेको छैन । जसका कारण बैंकहरुले ब्याजदर घटाएका छन् ।

बैंकहरुले कम अवधिको निक्षेपलाई कम प्राथमिकतामा राखेका छन् । बैंकलाई स्रोतको खाँचो पर्दा मात्र उनीहरुले यस्तो निक्षेपलाई प्राथमिकतामा राख्ने गरेका छन् भने स्रोत पर्याप्त हुँदा निरुत्साहित गर्छन् ।

मुद्दति निक्षेपमा पैसा जम्मा हुने क्रम बढ्दो

मुद्दति निक्षेपको ब्याजदर घटे पनि पैसा जम्मा हुने क्रम भने निरन्तररुपमा बढ्दोक्रममा रहेको छ । चालु आर्थिक वर्षको साउनयता महिनैपिच्छे मुद्दतिमा निक्षेप बढेको छ ।

फागुन मसान्तसम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा २ खर्ब ३७ अर्ब ५ करोड रुपैयाँ जम्मा भएको छ । निक्षेपकर्ताले सबैभन्दा धेरै रकम १ वर्षभन्दा माथिको मुद्दति निक्षेपमा राखेका छन् ।

बैंक तथा वित्तीय संस्थाको १ वर्षभन्दा बढी मुद्दति निक्षेपमा १ खर्ब १३ अर्ब ९३ करोड रुपैयाँ छ ।तर निकै कम ब्याजदरका कारण दीर्घकालमा निक्षेपकर्ता विकर्षित हुन सक्ने अवस्था पनि आउने जानकारहरु बताउँछन् । तर तत्काल भने निक्षेप घट्ने अवस्था देखिंदैन । किनभने कर्जा प्रवाह निकै सुस्त छ ।

 

igi long
himalayan life insurance long ad