stcnepal long ad
global ime bank long

टर्कीको स्तानबुलस्थित नाइटक्लबमा आगलागीः २९ जनाको मृत्यु

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

टर्कीको स्तानबुल शहरमा रहेको एउटा नाइटक्लबमा आगलागी हुँदा २९ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

स्तानबुलको एक बहुतल्ले भवनको बेसमेन्टमा रहेको मस्सरेड नामक नाइटक्लब मर्मतका लागि दिउसो समय बन्द गरिएको थियो ।

बन्द रहेकै अवस्थामा दिउसो अचानक आगलागी भएको बताइएको छ । आगलागीको कारण अझै स्पष्ट नभएको स्तानबुलका गभर्नर दाउट गुलको भनाइ छ ।

गभर्नर गुलका अनुसार आगलागीमा ज्यान गुमाउनेहरु क्लबको मर्मत कार्यमा संलग्न रहेकाहरु नै रहेको अनुमान गरिएको छ ।

आगलागीको विषयमा अनुसन्धान जारी छ । अनुसन्धानका लागि नाइटक्लबका प्रबन्धक र मर्मत संभारका लागि जिम्मेवारी व्यक्ति सहित ८ जनालाई पक्राउ गर्न वारेन्ट जारी गरिएको छ । त्यस मध्ये तीन जनालाई हिरासतमा लिइएको छ ।

IME Lifesidebar
kumari