stcnepal long ad
ime life insurance
national life
global ime bank long

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठ आज चीनको ९ दिने औपचारिक भ्रमणमा जाँदै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज चीन भ्रमणमा जाँदै छन्। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको ९ दिने औपचारिक भ्रमणमा जान लागेका हुन्।

उनले आजदेखि १९ गतेसम्म चीनको भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङसँग चैत १३ गते द्विपक्षीय भेटवार्ता गर्नेछन्।

साथै भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले बेइजिङ र अन्य प्रान्तहरूमा जनवादी गणतन्त्र चीनका उच्च स्तरका विशिष्ट व्यक्तिहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। उपप्रधानमन्त्री श्रेष्ठ भ्रमण सम्पन्न गरी चैत १९ गते स्वदेश फर्कर्नेछन्।

IME Lifesidebar
kumari