stcnepal long ad
ime life insurance
national life
global ime bank long

इन्डोनेसियाका रक्षामन्त्री प्राबोवो सुब्यान्टो देशको भावी राष्ट्रपति हुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

इन्डोनेसियाका रक्षामन्त्री तथा पूर्व सैन्य अधिकारी प्राबोवो सुब्यान्टो देशको भावी राष्ट्रपति हुने भएका छन् । विश्वको तेस्रो ठूलो लोकतन्त्रको राष्ट्रपति पदका लागि गत फेब्रुअरी १४ मा भएको मतदानमा सुब्यान्टोले ५८ दशमलव ५९ प्रतिशत मत प्राप्त गरेका थिए ।

उनका दुवै प्रतिद्वन्द्वी अनीस बास्वेदनले २५ प्रतिशत र गञ्जर प्रणोभोले १६ प्रतिशत मत प्राप्त गरेका छन् । निर्वाचन आयोगले नतिजा सार्वजनिक गरेपछि सुब्यान्टोले भने, “हामीलाई भोट नदिनेहरूले मौका दिएका छन्।

हामी यस्तो राष्ट्रपति र उपराष्ट्रपति हौं भनेर प्रमाणित गर्नेछौं जसले इन्डोनेसियाका जनताको हितका लागि सक्दो प्रयास गर्नेछन्।” तर, उनका दुवै प्रतिद्वन्द्वी अनीस बास्वेदन र गञ्जर प्रणोभोले यो नतिजालाई चुनौती दिने घोषणा गरेका छन् ।

७२ वर्षीय प्राबोवो सुब्यान्टोलाई सेनामा कार्यरत हुँदा धेरै मानवअधिकार उल्लङ्घनको आरोप लागेको थियो ।

तर राष्ट्रपति चुनावको प्रचारका क्रममा उनले सामाजिक सञ्जालमा आफ्नो छवि सुधार्न निकै मेहनत गरेका थिए । उनको अभियानमा युवाहरुलाई आकर्षित गर्न धेरै प्रयास गरिएको थियो।

प्रबोवो सुब्यान्टोले यसै वर्षको अक्टोबरमा वर्तमान राष्ट्रपति जोको विडोडोबाट यो पदको जिम्मेवारी सम्हाल्नेछन् । इन्डोनेसियाका २० करोड ५० लाख मतदातामध्ये ८० प्रतिशतले १४ फेब्रुअरीमा मतदान गरेका थिए।

IME Lifesidebar
kumari