stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कुमारी बैंकको ३ लाख ४ हजार कित्ता सेयर बिक्रीमा

पहिलो प्राथमिकतामा संस्थापक सेयरधनी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख ४ हजार ७२१ कित्ता सेयर बिक्रीमा ल्याएको छ ।

यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (चैत ८ गते) बाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ ।

सेयर भाउ भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ । सो समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

prabhu mahalaxmi
kumari