stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल फाईनान्सको निरज श्रेष्ठको नाममा रहेको संस्थापक शेयर बिक्रीमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल फाईनान्स लिमिटेडले संस्थापक शेयरधनी निरज श्रेष्ठको नाममा रहेको एक लाख ४० हजार ९६३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

यस शेयरमा हाल कायम संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजातसहित प्रतिकित्ता मूल्यसमेत तोकि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

आवेदन कम्पनीको शेयर रजिष्ट्रार, प्रभु क्यापिटल वा कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा दिनुपर्नेछ ।

तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने कम्पनीले बताएको छ ।

 

IME Lifesidebar
kumari