stcnepal long ad
ime life insurance
national life
global ime bank long

हिमालयन लाइफ इन्स्योरेन्सले सेयरधनीलाई बोनस सेयरमा लाग्ने कर वापतको रकम जम्मा गर्न आग्रह

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीलाई बोनस सेयरमा लाग्ने करवापतको रकम जम्मा गर्न आग्रह गरेको छ ।

कम्पनीले मंगलबार सूचना जारी गर्दै साविकको गुँरास लाइफको आर्थिक वर्ष २०७७/७८ र साविकको यूनियन लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७७/७८ का लागि पारित क्रमश १३.२७ र ८.९७ प्रतिशत बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह गरेको हो ।

बुक क्लोज भएको मितिभन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीले बोनस सेयरमा लागने कर बापतको रकम केही सेयरधनीले अहिलेसम्म नतिरेकाले कम्पनीले उक्त रकम तिर्न आग्रह गरेको छ ।

सेयरधनीले उक्त रकम कम्पनीको खाता रहेको नेपाल इन्भेष्टमेष्ट बैंक वा कनेक्ट आइपीएसमार्फत जम्मा गर्न सक्नेछन् । कम्पनीका अनुसार रकम जम्मा गरेपछि मात्रै बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरिने छ ।

IME Lifesidebar
kumari