stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेशनल लाइफको कुश्मा शाखाद्वारा बीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको कुश्मा शाखाले नेपाल बीमा प्राधिकरणको गण्डकी प्रदेशसँगको सहकार्यमा जीवन बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम बुधवार पर्वतको फलेवास नगरपालिकामा सञ्चालन गरेको हो ।

कार्यक्रममा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका गण्डकी प्रदेश प्रमुख केशवराज ढकालले बीमाको महत्वका  बारेमा प्रष्ट पार्दै स्थानीय सरकारले विपन्न वर्गलाइ पनि बीमाको दायरामा ल्याउनु पर्ने बताए ।

नेशनल लाइफका कुश्मा शाखा प्रमुख संजय केसीले आम नागरिकमा बीमाको सचेतना बढाउन जरुरी रहेकोले उक्त कार्यक्रम आयोजना गरेको जानकारी दिए ।

कायृक्रममा फलेवास नगरपालिकाका नगर प्रमुख गंगाधर तिवारी, नेशनल लाईफका गण्डकी प्रदेशका सहायक निर्देशक सुन्दर प्रसाद शर्मा लगायत ५० जना भन्दा बढीको सहभागीता रहेको थियो ।

IME Lifesidebar
kumari