stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपालले आज मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्दै 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

फिफा विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत बहराइनसँग खेल्नुअघि नेपाली फुटबल टिमले आज मलेसियाको सामना गर्दैछ । नेपाल र मलेसियाबीचको मैत्रीपूर्ण खेल दिउँसो २ः४५ देखि क्लालाम्पुर स्टेडियममा सुरु हुनेछ ।

नेपाल मलेसियालाई घरमै स्तब्ध पार्ने दाउमा छ । यद्यपि नेपाललाई त्यो उपलब्धि हासिल गर्न सहज छैन । खेलाडीको विदेश पलयानले गर्दा अहिले नेपाली टिममा नयाँ खेलाडीको संख्या बढी छ ।

फिफा वरियताको कुरा गर्दा पनि नेपालभन्दा मलेसिया धेरै माथि छ । हाल फिफा वरियतामा नेपाल १७५ औँ तथा मलेसिया १३२औँ स्थानमा छ ।

हेड टु हेडमा अहिलेसम्म नेपाल र मलेसियाबीच सातवटा अन्तर्राष्ट्रिय म्याचमा भेट भएको छ, जसमा नेपालले सबै खेलमा पराजय बेहोरेको विगत छ ।

नेपाली टिम मलेसियासँग खेलेपछि बहराइन प्रस्थान गर्नेछ । त्यहाँ नेपालले बहराइनसँग २१ र २६ मार्चमा खेल्ने तालिका छ । खासमा नेपालले बहराइनसँग दशरथ रंगशालामै खेल्ने मौका पाएको थियो ।

तर, दशरथ रंगशालाको दुबो र माटो कमजोर भएपछि नेपालले घरेलु मैदानमा खेल्ने मौका गुमायो । छनोटको दोस्रो चरणमा नेपाल समूह ‘एच’ मा छ ।

नेपालले यसअघि यूएई र यमनसँग खेलिसेकको छ । नेपालले यूएईसँग उसकै मैदान तथा यमनसँग दशरथ रंगशालामा खेलेको थियो । गत नोभेम्बरमा भएको यूएईसँगको खेलमा नेपाल ४–० तथा यमनसँग २–० ले पराजित भयो ।

नेपालले अब यूएईसँगको होम म्याच र यमनसँगको ‘अवे म्याच’ आगामी जुनमा खेल्ने तालिका छ । गत अक्टोबरमा लाओसलाई हराएपछि नेपाल विश्वकपको दोस्रो चरणमा पुगेको थियो ।

IME Lifesidebar
kumari