stcnepal long ad
ime life insurance
national life
global ime bank long

अन्तर्राष्ट्रिय उपाधिबाट हिमालयन रिइन्स्योरेन्सकी प्रमुख कार्यकारी उपासना पौडेल सम्मानित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल महिला नेतृत्व सम्बन्धी अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएकी छिन् ।

व्यवसायीक तथा पेशागत क्षेत्रका महिला नेतृत्व सम्बन्धी अन्तर्राष्ट्रिय पत्रिका उमन्स टेबलोइडले उत्कृष्ट महिला नेतृत्व उपाधीबाट सम्मान गरेको हो ।

पौडेलले उत्कृष्ट उदयीमान महिला प्रमुख कार्यकारी अधिकृत ९इन्स्योरेन्स० उपाधी पाएकी हुन् । उमन्स टेबलोइडले वर्ष सन् २०२३ विश्वभर विभिन्न क्षेत्रमा आफ्नो कामबाट प्रभाव छाड्न सफल महिला नेतृ मध्ये विभिन्न पाँच वटा विधामा कूल ५६ महिलालाई उपाधी प्रदान गरेको छ।

उत्कृष्ट महिला उद्यमी, उत्कृष्ट महिला नेतृ र उत्कृष्ट महिला सशक्तिकरण समेत तीन वटा क्षेत्रमा उपाधीका लागि आयोजकले विश्वभर विभिन्न पेशागत तथा व्यवसायीक क्षेत्रमा नेतृत्व गरिरहेका महिलाहरुबाट आवेदन माग गरेको थियो ।

आयोजकका अनुसार प्राप्त आवेदनमध्ये उत्कृष्टताको आधारमा विजेताको छनौट गरिएको हो ।

IME Lifesidebar
kumari