stcnepal long ad
ime life insurance
national life
global ime bank long

हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्कमा १००%सम्म छुट दिने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट दिने भएको छ।

साविकका प्राइम लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट विभिन्न समयमा बीमा गराई व्यतित भएका बीमालेखहरुमा ब्याज/जरिवानामा छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको हो ।

इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखहरु आज फागुन १३ गतेदेखि फागुन २७ गतेसम्म नवीकरण तथा पुनर्जागरण गर्दा लाग्ने ब्याज तथा जरिवानामा छुट हुने कम्पनीले जनाएको छ।

तीन वर्षसम्म व्यतित भएका बीमालेखमा ब्याज जरिवानामा १०० प्रतिशत छुट, ३ वर्षभन्दा माथि ५ वर्षसम्म व्यतित बीमालेखमा ब्याज जरिवानामा ५० प्रतिशत र ५ वर्ष माथिदेखि ७ वर्षसम्म व्यतित भएका बीमालेखमा ब्याज जरिवानमा ३५ प्रतिशत र ७ वर्षभन्दा माथि जतिसुकै अवधिको व्यतित बीमालेखमा ब्याज जरिवानामा २५ प्रतिशत छुट दिने कम्पनीले जनाएको छ।

यस किसिमको व्यतित बीमालेख पुनर्जागरण गर्दा दिइएको छुट सुविधा बीमा अवधिभर एकपटकमात्र लागू हुने कम्पनीले जनाएको छ।

कम्पनीबाट ब्याज जरिवाना छुट सुविधाको उपयोग गरी नवीकरण गराइएका बीमालेखहरु नवीकरण भएको मितिले २ वर्षभित्र बीमित तथा प्रस्तावकहरुले नियमानुसार समर्पण गर्न चाहेकमा बीमालेख नवीकरण गर्दा छुट प्रदान गरिएको ब्याज जरिवानाबापतको रकम कम्पनीबाट कट्टा गरिने कम्पनील स्पष्ट पारेको छ।

IME Lifesidebar
kumari