stcnepal long ad
ime life insurance
national life
global ime bank long

सन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

बोनस शेयरपछि हकप्रद पनि ल्याउने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बोनस शेयर वितरणपछि हकप्रद शेयर जारी गर्ने भएको छ।

इन्स्योरेन्स कम्पनी सञ्चालक समितिको फागुन ११ गते बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को बोनस शेयर वितरणपछि हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो।

इन्स्योरेन्स कम्पनीले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ३ अर्ब २० करोड रुपैयाँको कुल २५.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

जसमा २३.८ प्रतिशतले हुन आउने ७६ करोड १६ लाख रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ १.२५२६ प्रतिशतले हुन आउने ४ करोड ८४ हजार २११ रुपैयाँ रहेको छ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

यसैबीच सञ्चालक समितिको बैठकले बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्तापुँजी ५ अर्ब रुपैयाँ पुर्याउन उक्त आर्थिक वर्षको बोनस शेयर वितरणपछि हकप्रद जारी गर्ने निर्णय गरेको छ।

बोनस शेयर जारीपछि कम्पनीको चुक्तापुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ पुग्नेछ। सोही चुक्तापुँजीको १ः०।२७ को अनुपातमा अर्थात २७ प्रतिशत हकप्रद शेयर ल्याउने प्रस्ताव कम्पनीले गरेको छ।

प्रस्तावित हकप्रद बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभामा पेस गरी अनुमोदन गरिने कम्पनीले जनाएको छ।

IME Lifesidebar
kumari