stcnepal long ad
ime life insurance
national life
global ime bank long

‘कुमारी सबल योजना’ मा आवेदन दिने आज अन्तिम दिन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । ‘कुमारी सबल योजना’ को इकाइका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ ।कुमारी क्यापिटल लिमिटेडले माघ २८ गतेदेखि निष्कासनमा ल्याएको थियो ।

क्यापिटलले प्रतिइकाइ १० रुपियाँ अंकित दरमा १ अर्ब रुपियाँबराबरको १० करोड इकाइ बिक्रीमा ल्याएको हो ।

निष्कासन गरिएको कुल इकाइमध्ये एक प्रतिशत अर्थात १० लाख इकाइ योजना व्यवस्थापक कुमारी क्यापिटललाई छुट्याइएको छ भने १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाइ कोष प्रवद्र्धक कुमारी बैंकलाई सुरक्षित गरीएको छ । क्यापिटलले बाँकी रहेको ८ करोड ५० लाख इकाइ सर्वसाधरणका लागि बिक्रीमा ल्याएको हो ।

उक्त फन्ड न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ ।

बिक्री खुला भएको निवेदन दिने अवधि तथा बोर्डबाट थप भएको अवधिभित्र कम्तीमा ५० प्रतिशत अर्थात ५ करोड इकाई खरिद गर्न निवेदन प्राप्त भएमा इकाइको बाँडफाँट गर्न हुनेछ ।

त्यस्तै, न्यूनतम संख्यामा इकाइ बिक्री नभएमा योजना खारेज गरी १५ दिनभित्र निवेदकको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया सुरु हुनेछ ।

फण्डको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ । १० वर्ष अवधिको उक्त फन्डको यो बन्दमुखी योजना हो ।

IME Lifesidebar
kumari