citizens life insurance long ad
stcnepal long ad

वाफ वुमन्स च्याम्पियनसिप : प्यालेस्टाइन विरुद्ध नेपालको उत्कृष्ट जित

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं।  साउदी अरेबियामा जारी पश्चिम एसिया फुटबल एसोसिएसन (वाफ) वुमन्स च्याम्पियनसिप  अन्तर्गत  समुह चरणको  अन्तिम खेलमा नेपालले प्यालेस्टाइनलाई पराजित गरेको छ ।

आइतबार बिहान सम्पन्न खेलमा नेपालले प्यालेस्टाइनलाई ४–० गोलले पराजित गर्दै समूहको शीर्षस्थानमा रहेर सेमिफाइनल प्रवेश गरेको हो । नेपाल लगातार तेस्रो जितका साथ ९ अंक जोड्दै शीर्षस्थानमा रह्यो ।

नेपालका लागि सावित्रा भण्डारीले दुई तथा रेखा पौडेल र गिता पौडेलले एकरएक गोल गरे। सावित्रा भण्डारीले नेपालका लागि ४२ औं मिनेटमा गोल गरेकी थिइन् ।

त्यस्तै खेलको  ५९ र्औ मिनेटमा रेखा पौडेलले गोल गर्दै नेपाललाई २–० को अवस्थामा पुर्याएकी थिइन् । भने भण्डारीले ७८ औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरिन् ।

त्यस्तै गीता  पौडेलले  खेलको अतिरिक्त समयमा नेपालले पाएको पेनाल्टी सदूपयोग गर्दे गोल गरेकी थिइन् ।

यसअघि नै प्रतियोगिताको सेमिफाइन पुगेको नेपाल आजको जितसँगै समूह ‘बी’ विजेता बनेको छ । भने प्यालेस्टाइन उपविजेता बनेको छ ।  समुह ‘ए’ बाट जोर्डन र  लेबनान सेमिफाइनलमा पुगेका छन् । नेपालले अब मंगलबार सेमिफाइनलमा लेबनानको सामना गर्नेछ ।

IME Life
kumari