stcnepal long ad
ime life insurance
national life
global ime bank long

फोडेनको ह्याट्रिकमा सिटी विजयी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

लन्डन    फिल फोडेनको ह्याट्रिकको मद्दतले म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सोमबार ब्रेन्टफोर्डलाई ३–१ ले हराएको छ । यो नतिजापछि लिग तालिकाको शीर्ष तीनमा रहेका टिमबीच दुई अंकको दुरी मात्र कायम रह्यो ।

सिटीको ४९ अंक भएको छ र आर्सलनको पनि समान अंक रहेको छ । लिभरपुल दुवै टिम भन्दा दुई अंकले अगाडि छ । तर सिटीले यी दुई टिमको तुलनामा एक खेल कम खेलेको छ ।

यो नतिजासँगै डिफेन्डिङ च्याम्पियन सिटी प्रिमियर लिगकै इतिहासमा घर बाहिरका चार खेल लगातार जित्ने पहिलो टिम बनेको छ । यी चारै खेलमा सिटी सुरुमा पछाडि रहेको थियो ।

ब्रेन्टफोर्डले पनि निल मउपेयको गोलले अग्रता लिएको थियो । त्यसपछि इंग्ल्यान्डका अन्तर्राष्ट्रिय खेलाडीले आफ्नो ह्याट्रिक पूरा गरे । उनले पहिलो हाफको इन्ज्युरी समय, ५३ र ७० औं मिनेटमा गोल गरे ।

IME Lifesidebar
kumari