stcnepal long ad
ime life insurance
national life
global ime bank long

निःशुल्क पार्किङलाई निरन्तरता दिने अडानमा महानगर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले धरहराको भूमिगत तल्लो तलामा सञ्चालनमा ल्याएको निःशुल्क पार्किङ सेवालाई निरन्तरता दिने देखिएको छ । निर्माणाधीन धरहराको बेसमेन्टमा पार्किङ सेवा सञ्चालन नगर्न सहरी विकास मन्त्रालयले पठाएको पत्रको जवाफमा काठमाडौँ महानगरपालिकाले सेवालाई निरन्तरता दिने बताएको हो ।

सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) ले पहिलो पटक माघ १४ गते महानगरपालिकालाई पत्राचार गरेको थियो । महानगरले लिखित वा मौखिक कुनै जवाफ नपठाएपछि सो एकाइले माघ १८ गते पुनः महानगरपालिकालाई पत्राचार गरेको थियो।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीनकुमार मानन्धरले मन्त्रालयलाई महानगरले जुनसुकै हालतमा सो ठाउँमा निःशुल्क पार्किङ सेवा सञ्चालन गर्ने प्रतिबद्धतासहित जवाफ पठाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आमनागरिककै सेवा सुविधाका लागि सबैको साझा र पायक पर्ने ठाउँ धरहरामा निःशुल्क पार्किङ सेवा सञ्चालनमा ल्याइएको हो । यो सेवा शुद्ध रूपमा जनताको हितमा भएकाले यसलाई बन्द गर्न मिल्दैन ।”

यसमा जनताको हितबाहेक महानगरपालिकाका अरू कुनै स्वार्थ नरहेको उहाँले स्पष्ट पार्नुभयो । यसअघि पनि सञ्चालनमा आइसकेको सो पार्किङ गर्ने ठाउँमा कुनै प्राविधिक समस्या वा जोखिम नरहेको उहाँले दाबी गर्नुभयो।

पार्किङ सञ्चालनमा ल्याइएकै कारण धरहराको काम ढिलाइ हुने भन्ने तर्कमा कुनै सत्यता नरहेको बताउँदै प्रवक्ता मानन्धरले भन्नुभयो, “पार्किङकै कारण काममा ढिलाइ हुन्छ भन्नु विषयलाई विषयान्तरण मात्र गर्न खोजिएको हो ।

यसअघि त्यहाँ पार्किङ सेवा सञ्चालनमा थिएन ।” छरछ पटक म्याद थपिँदा किन काम सम्पन्न हुन सकेन रु यसअघि दसैँ र तिहारको समयमा सञ्चालनमा ल्याइएकोजस्तै अहिले पनि पार्किङ सेवा सञ्चालनमा ल्याइएको उहाँले स्पष्ट पार्नुभयो ।

काठमाडौँ महानगरपालिकाको नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पार्किङ स्थलमा स्वास्थ्यको दृष्टिकोणले कुनै समस्या नभएको दाबी गर्दै त्यहाँ नगर प्रहरी बलका जवान लगातार आठ घण्टासम्म उभिएर ‘ड्युटी’ गरिरहेको तर कोही ननिसास्सिएको बताउनुभयो । उहाँका अनुसार सञ्चालनमा ल्याइएको पार्किङ क्षेत्रमा सोमबार सरसफाइ गर्नुका साथै अग्नि नियन्त्रक यन्त्रसमेत जडान गरिएको छ ।

यसअघि सहरी विकास मन्त्रालयको पत्रको जवाफमा काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र (बालेन) साहले समेत सामाजिक सञ्जालमार्फत कुनै पनि हालतमा धरहराको पार्किङ सेवा बन्द नहुने प्रतिबद्धता जनाइसक्नुभएको छ । सामाजिक सञ्जालमा उहाँले भन्नुभएको छ, “धेरैको नजर यहाँको पार्किङको ठेक्का लिएर सरकारको सम्पत्तिमाथि रजाइँ गर्ने मनसाय देखिएको छ । हामी काठमाडौँ महानगरमा रहुन्जेल कसैको निजी स्वार्थका लागि सार्वजनिक सम्पत्ति प्रयोग हुन दिने छैनौँ ।”

मन्त्रालयको छुट्टै दाबी

सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ ९भवन० का प्रमुख कोषनाथ अधिकारीले भने पार्किङ सेवा सञ्चालन गर्नु जोखिमपूर्ण भएकाले तत्काल रोक्नुपर्ने बताउनुभयो । “बिनाप्राविधिक तयारी पार्किङ सञ्चालनमा ल्याए कुनै मानवीय क्षति भए त्यसको जिम्मेवारी कसले लिने रु,” उहाँले भन्नुभयो, “सो आयोजना अहिले मेरो नेतृत्वमा निर्माण भइरहेकाले भोलि केही भएमा त्यसको जिम्मेवारी मैले लिनु पर्छ । त्यसैले पूर्ण रूपमा निर्माण सम्पन्न नभएसम्म त्यहाँ पार्किङ सेवा सञ्चालन गर्नुहुँदैन ।”

नयाँ सडकलगायत ठाउँमा सार्वजनिक पार्किङ सेवा सञ्चालनमा रहेको बेला दसैँ तिहारको समयमा केही दिनका लागि मात्र यसअघि धरहरा बेसमेन्टमा पार्किङ सेवा सञ्चालनमा ल्याइएको उहाँले स्मरण गर्नुभयो ।

उहाँले भन्नुभयो, “भूमिगत पार्किङ सञ्चालन गर्न आवश्यक पर्ने हिटिङ, भेन्टिलेसन र एयर कन्डिसिनिङ प्रणाली, फायर फाइटिङ प्रणाली, इलेक्ट्रिकल एन्ड लो भोल्टेज वर्क, पब्लिक एड्रेसिङ प्रणाली, सिसिटिभी प्रणाली, इलेक्ट्रिकल प्यानेल, मुख्य प्रवेशद्वारको र्‍याम्पमा ‘फ्लुर फिनिसिङलगायका दर्जनौँ काम अहिले बाँकी नै रहेको छ । त्यसैले त्यहाँको पार्किङ मानवीय दृष्टिकोणले जोखिमपूर्ण हुन सक्छ ।”आजको गोरखापत्र दैनिकमा समाचार छ।

IME Lifesidebar
kumari