citizens life insurance long ad
stcnepal long ad

आईसीसीले श्रीलंकामाथि लगाएको निलम्बन हटायो

Nimb long ad
Prabhu Insurance Long Ad

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले गत नोभेम्बरमा श्रीलंका क्रिकेट बोर्डमाथि लगाएको निलम्बन  हटाएको छ ।  आइतबार  बसेको बोर्ड बैठकले तत्काल लागु हुने गरी निलम्बन हटाएको हो ।

सन् २०२३ को विश्वकपमा भारतसँगको लज्जास्पद हारपछि श्रीलंकाका खेलकुद मन्त्री रोशन रानासिङ्घेले श्रीलंका क्रिकेट बोर्डका सबै सदस्यलाई बर्खास्त गरेका थिए ।

श्रीलंका क्रिकेट बोर्ड प्रशासनमा सरकारको व्यापक हस्तक्षेप भएको भन्दै आईसीसीले निलम्बन गरेको थियो । त्यसैको कारण यू–१९ विश्वकप श्रीलंकाबाट दक्षिण अफ्रिकामा सरेको हो ।

श्रीलंकामा हुने  तय भए पनि बोर्ड नै निलम्बनमा परेपछि प्रतियोगिता दक्षिण अफ्रिका सार्नुपरेको थियो । श्रीलंकाको क्रिकेट टोलीलाई भने आईसीसीले अन्तर्राष्ट्रिय खेल खेल्न कुनै रोक लगाएको थिएन । अहिले श्रीलंका क्रिकेट बोर्डले सदस्यको दायित्व उल्लंघन नगरेको आईसीसीले जनाएको छ ।

IME Life
kumari