stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

पोर्चुगल युरोकपमा छनोट

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

लन्डन। क्रिष्टियानो रोनाल्डोको दुईगोल प्रेरित पोर्चुगल युरो २०२४ का लागि छनोट भएको छ । शुक्रबार राति भएको खेलमा पोर्चुगलले स्लोभाकियालाई ३–२ गोलअन्तरले हराएको हो ।

जितपछि समूह ‘जी’ मा अपराजित पोर्चुगलले सात खेलबाट २१ अंक जोडेको छ । शीर्षस्थानमा रहेको पोर्चुगल दोस्रो स्थानमा स्लोभाकिया भन्दा आठ अंकले बढी छ ।

पोर्चुगलले सात खेलबाट मात्र दुई गोल बेहोर्दै २५ गोल गरेको छ । स्लोभाकिया समान खेलबाट १३ अंकसहित दोस्रो स्थानमा छ । लक्जमबर्ग ११ अंकसहित तेस्रो स्थानमा छ । शुक्रबार राति नै भएको अन्य खेलमा फ्रान्सले नेदरल्यान्ड्सलाई २–१, ग्रीसले आयरइलान्डलाई २–०, बेल्जियमले अष्ट्रियालाई ३–२, अजरबैजानले इस्टोनियालाई २–० ले हराएको छ ।

घरेलु मैदानमा पोर्चुगललाई जित दिलाउन रोनाल्डोले दुई गोल गरेका थिए । गोन्कालो रामोसले एक गोल थपेका थिए । अर्का स्टार ब्रुनो फर्नान्डेजले दुई असिस्ट गरेका थिए । स्लोभाकियाका डेभिड हान्स्को र लोबोक्ताले समान एक गोल गरे ।

यसै खेलमार्फत रोनाल्डोले पोर्चुगलको लागि दुई सय २ खेलमा एक सय २५ गोल गरेका छन् । खेलको १८औं मिनेटमा गोन्कालोले गोल गरेका थिए । पहिलो गोलको लागि फर्नान्डेजले पास उपलब्ध गराए । २९औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गरेका हुन् ।

हान्स्कोले ६९औं मिनेटमा अग्रता २–१ को अन्तरमा खुम्च्याए । फर्नान्डेजले मिलाएको पासमा गोल गर्दै रोनाल्डोले पोर्चुगललाई ३–१ को अग्रतामा पु¥याएका थिए ।

डुडाको पासमा लोबोत्काले गोल गरेपनि बराबर गर्न पर्याप्त भएन । रोनाल्डोको अन्तर्राष्ट्रिय फुटबल करियरमा यो दुई गोल थप भएपछि १ सय २५ गोलसंख्या भएको छ ।

शुक्रबार रातिका अन्य खेलपछि फ्रान्स, बेल्जियम र आयोजक जर्मनीले पनि युरो २०२४ मा स्थान सुरक्षित गरेका छन् । जर्मनीको दश शहरमा आयोजना हुने यूरोकपमा २४ टोलीले सहभागिता जनाउनेछन् । स्टार खेलाडी केलियन एम्बाप्पेको दुई गोलप्रेरित फ्रान्सले बलियो नेदरल्यान्ड्सलाई २–१ ले पराजित गरेको हो ।

जितपछि समूह ‘बी’ मा फ्रान्सको ६ खेलबाट १८ अंक छ । अपराजित फ्रान्सले १३ गोल गर्दा एक गोल मात्रै बेहोरेको छ । दोस्रो स्थानको ग्रीसभन्दा ६ स्थान माथि रहेको फ्रान्स युरो २०२४ लाई स्थान सुरक्षित गरेको हो ।

पराजित नेदरल्यान्ड्स पाँच खेलबाट ९ अंकसहित तेस्रो स्थानमा छ । फ्रान्सको जितमा एम्बाप्पेले दुबै हाफमा समान एक गोल गरेका थिए ।

खेलको सातौं मिनेटमा फ्रान्सले अग्रता बनायो । ५३औं मिनेटमा एम्बाप्पेले गोल गर्दै अग्रता २–० को बनाएका हुन् । नेदरल्यान्ड्सका हार्टम्यानले ८३औं मिनेटमा गोल गरेपनि बराबरीको लागि पर्याप्त भएन ।

prabhu mahalaxmi
kumari