stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल चेम्बर अफ कमर्स र नेपाल मेडिसिटी अस्पतालले स्वास्थ्य सेवामा सहकार्य गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स र नेपाल मेडिसिटी अस्पतालबीच चेम्बरका पदाधिकारी, कर्मचारी, जिल्ला चेम्बर सदस्य तथा उनीहरूका प्रत्यक्ष आश्रित परिवारलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले समझदारी भएको छ।

जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका स्वास्थ्य समिति संयोजक मृगेन्द्र मेहर श्रेष्ठ र नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा। अमित तोमरले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

एक वर्षका लागि लागू हुने उक्त सम्झौताअनुसार चेम्बरका कार्यसमिति सदस्य, कर्मचारी, जिल्ला चेम्बर सदस्य तथा उनीहरूका प्रत्यक्ष आश्रित परिवार ९पति÷पत्नी, बाबुआमा तथा २२ वर्षमुनिका दुई सन्तान०ले नेपाल मेडिसिटी अस्पतालमा उपचार गराउँदा विभिन्न स्वास्थ्य सेवामा विशेष सहुलियत प्राप्त गर्नेछन्।

सम्झौताअनुसार अस्पतालले भर्ना ९इनपेसेन्ट० तथा बाह्यरोगी ९आउटपेसेन्ट० सेवामा १० प्रतिशतसम्म छुट उपलब्ध गराउनेछ। तर औषधि, उपभोग्य सामग्री, इम्प्लान्ट, प्याकेज सेवा तथा बाह्य परीक्षणमा भने उक्त छुट लागू नहुने जनाइएको छ। बीमामार्फत प्रत्यक्ष क्यासलेस सेवा प्राप्त हुने अवस्थामा पनि छुट सुविधा लागू नहुने व्यवस्था गरिएको छ।

सहकार्यअन्तर्गत नेपाल मेडिसिटीले चेम्बरका सदस्य तथा कर्मचारीका लागि वर्षमा दुई पटक स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गर्ने, बेसिक लाइफ सपोर्ट ९बीएलएस० तालिम प्रदान गर्ने, विशेष स्वास्थ्य प्याकेज उपलब्ध गराउने तथा रक्तदान कार्यक्रम आयोजना गर्ने सहमति भएको छ।

दुवै संस्थाले सेवा प्रवाह, समन्वय तथा सूचना आदानप्रदानका लागि सम्पर्क व्यक्ति तोक्ने तथा प्राप्त सूचनाको गोपनीयता कायम राख्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

सम्झौता कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले उक्त सहकार्यबाट चेम्बरका सदस्य, उनीहरूका परिवार तथा व्यवसायिक समुदायले गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच प्राप्त गर्ने विश्वास व्यक्त गरे। नियमित स्वास्थ्य परीक्षण, स्वास्थ्य सचेतना तथा निवारणमुखी स्वास्थ्य सेवाले स्वस्थ व्यवसायिक समुदाय निर्माणमा योगदान पुग्ने उनको भनाइ थियो।

अग्रवालले चेम्बर र मेडिसिटीबीचको साझेदारीले सामाजिक उत्तरदायित्वलाई थप मजबुत बनाउँदै अन्य संस्थाका लागि पनि अनुकरणीय उदाहरण स्थापित गर्ने विश्वास व्यक्त गरे। स्वस्थ मानव संसाधन नै आर्थिक समृद्धिको आधार रहेको उल्लेख गर्दै उनले स्वास्थ्य र आर्थिक विकास एकअर्काका परिपूरक विषय भएको बताए।

कार्यक्रममा नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा। उपेन्द्र महतोले चेम्बर र मेडिसिटीबीचको सहकार्य विगतदेखिको सम्बन्धको निरन्तरता भएको उल्लेख गर्दै व्यवसायी तथा चेम्बर सदस्यलाई अझ प्रभावकारी, सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।

उनले स्वास्थ्य क्षेत्रको विकासका लागि सबै सरोकारवाला निकायबीच साझा प्रयास आवश्यक रहेकोमा जोड दिए।

IME Lifesidebar
kumari