stcnepal long ad
ime life insurance
national life
global ime bank long

एनआईसी एशिया लघुवित्तको सीईओमा लक्ष्मी प्रसाद शर्मा नियुक्त

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लक्ष्मी प्रसाद शर्मा नियुक्त भएका छन् ।

कम्पनीको असार ११ गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकको निर्णयअनुसार शर्मालाई असार ११ गतेदेखि लागू हुने गरी चार वर्षका लागि सीईओको जिम्मेवारी प्रदान गरिएको कम्पनीले जनाएको छ ।

शर्माले संस्थाको नेतृत्व सम्हाल्दै लघुवित्त सेवाको विस्तार, संस्थागत सुशासन तथा वित्तीय पहुँच अभिवृद्धिमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।

IME Lifesidebar
kumari