stcnepal long ad
ime life insurance
national life
global ime bank long

हजारका २५ थान नक्कली नोट बरामद

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

बारा। निजगढ नगरपालिका–८ स्थित तारा ईन होटलबाट १ हजार दरको २५ थान नक्कली नोट सहित ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रौतहट गुजरा नगरपालिका–३ बलुवा टोल बस्ने २४ वर्षीय सुनिल कुमार राम, सोही ठाउँ बस्ने ३६ वर्षीय रविन्द्र कुमार चौधरी, बारा करैयामाई गाउँपालिका–५ बस्ने ३६ वर्षीय बिशेश्वर प्रसाद चौधरी, बारा कलैया उपमहानगरपालिका–९ रामपुर टोल बस्ने २४ वर्षीय सागर शुक्ला र सोही ठाउँ टेङरहर टोल घर भई बारा बिश्रामपुर गाउँपालिका–५ ईटियाही टोल बस्ने २५ वर्षीय राजु कुशवाहा रहेका छन् ।

उक्त होटलको कोठामा नक्कली नोटको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा झोलाभित्र राखेको १ हजार दरको २५ थान नेपाली नक्कली नोट फेला पारी उनीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

साथै उनीहरूले प्रयोग गरेको बा.९१ प ७४३५ नम्बरको मोटरसाइकल र बा.१४ च ९३८२ नम्बरको गाडी समेत सोही होटल अगाडिबाट प्रहरीले बरामद गरेको छ ।

थप अनुसन्धानको क्रममा सुनिल कुमार रामको रौतहटस्थित घरमा उक्त नोट तयार गर्ने कटिङ्ग कागजहरू रहेको खुल्नासाथ ईलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मीनिया रौतहटसँग समन्वय गरी तलासी गर्दा बोराभित्र कार्टुनमा राखेको अवस्थामा १ हजार दरको नोट आकारमा कटिङ्ग गरी रवरले बाँधेको अवस्थामा प्रति १ सय थानको ९३ गड्डी कागज, १ हजार दरको ३९ थान नेपाली रुपैयाँ तथा सोही स्थानमा रहेको बीआर ०५ क्यू ४६१० नम्बरको मोटरसाइकल र प्रदेश २–०३–००१ प ४२६५ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

IME Lifesidebar
kumari