stcnepal long ad
global ime bank long

दशैंमा बैंकहरूलाई नयाँ नोट वितरण शुरू 

यसपाली भने राष्ट्र बैंकले भिडभाड नहोस् भनेर बेलैमा बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट उपलब्ध गराउन थालेको छ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैंका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराउन शुरू गरेको छ। एक साता यताबाट राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई नोट उपलब्ध गराउन थालेको छ।

यसअघि राष्ट्र बैंकले नौरथा लागेपछि नोट उपलब्ध गराउने गर्थ्यो। गत बर्ष कारोना महामारीको कारण नयाँ नोट नसाट्ने निर्णय गरेको थियो। यसपाली भने राष्ट्र बैंकले भिडभाड नहोस् भनेर बेलैमा बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट उपलब्ध गराउन थालेको छ।

बैंक तथा वित्तीय संस्थाले भने अहिले नयाँ नोट मौज्दात गरेर राखेका छन्। औपचारिक वितरण भने घटस्थापनादेखि गर्ने छन्। यद्यपी माग्न आउने आफ्ना नियमित ग्राहकलाई भने अहिले पनि उपलब्ध गराइरहेको छ।

राष्ट्र बैंकले यसपाली अधिकांस नोट नयाँ नै वितरण गरि दिएको छ। पोहोरपरार सुकिलो एकरदुई पटक प्रयोग भएको नोट पनि वितरण गरेको थियो।

राष्ट्र बैंकले बैंकहरुको एउटा शाखालाई कम्तिमा ५ करोड बराबरका दरले नयाँ नोट उपलब्ध गराएको छ। विकास बैंकहरुलाई ४ करोड र फाइनान्सलाई २ करोड बराबरको नोट उपलब्ध गराएको छ।

कोरोना संक्रमणका कारण यसपाली बेलैमा नयाँ नोट उपलब्ध गराइएको हो। सरकारले निषेधाज्ञा हटाए पनि कोरोना संक्रमण कायमै छ।

यस्तोमा राष्ट्र बैंकले वितरण गर्ने र बैंकहरुले साट्ने समय उस्तै उस्तै पर्छ भनेर यसपाली बेलैमा ब्यवस्थापन गरिएको छ।

यसपाली राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाटै नयाँ नोट साट्ने छ। यसअघि राष्ट्र बैंकको थापाथली कार्यालयका साथै देशभरका क्षेत्रीय कार्यालयबाट पनि नोट सटही गर्ने गर्थ्यो। अब भने बैंक तथा वित्तीय संस्थाबाटै सटही गर्ने छ र राष्ट्र बैंकले छुट्टै सटही गर्ने छैन।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ नोट उपलब्ध गराएको छ। बैंकहरुले प्रति ग्राहक १८ हजार ५०० रुपैयाँसम्म सटही सुविधा उपलब्ध गराउन सक्ने भएका छन्।

IME Lifesidebar
kumari