stcnepal long ad
ime life insurance
national life
global ime bank long

ओली किन कम्बोडिया गए ?

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १८ गते

सुरेश आचार्य –

एकाध अपवादलाई छोडेर कुनै पनि देशमा राजनीतिज्ञले सत्तासुखलाई त्याग्न असंभव प्रमाणित हुदै आएको छ । साथै, सत्तासुख भोग्नका लागि पनि जेसुकै पनि हुदैआएको छ । सत्तामा शक्ति र मनको सुख मात्रै गासिएको हुदैन, साम दाम दण्ड भेद सबै समाहित हुन्छ ।

बोली र गोली दुवैमा ताकत भरिएको हुन्छ ! कम्बोडियामा करिव तीन दशकअघि सत्ता नत्याग्ने कम्युनिष्ट (प्रधानमन्त्री पदको शक्ति प्रयोग गर्ने) राष्ट्रिय सभाका तत्कालीन अध्यक्ष मण्डलका अध्यक्ष हेङ सामरिनलाई सेनाले हजारौ हजार भीडको आक्रमणबाट बचाउनप्रधानमन्त्री निवासको दोश्रो तल्लाको झ्यालसंगै भीमकाय युद्धपोत (artillary tank) सटाएर ट्यांकबाट निवाससम्म करिव ६/७ फुटको फलामे भर्याङ लगाएर ट्यांकको टुप्पोको टोपी (entry cap) बाट प्रधानमन्त्री हेङग सामरिङलाई खुरमुराउॅदै टयांक भित्र पसाएर भगाएको टेलिभिजनमा देखेको नाटकीय दृष्य मेरो आँखा अगाडि झलझली नाचिरहेको छ ।

त्यसबेला ट्यांकमा घरमाथिबाटै निजलाई तानेर सेनाले हुल्दा पनि प्रधानमन्त्री निवास भित्रै पसेको भीडले ढुङ्गामुडा गर्न छोडेको थिएन !! सत्ताभोग र सत्तालिप्साको यो जत्तिको जीवन-मरण बीचको दर्दनाक र भयानक लाइभ दृष्य मैले अर्को आजसम्म फेला पारेको छैन । मैले यो हेङ् सामरिनको भयातुर मुखाकृतिको दृष्य, त्यसबेला म नेपाल टेलिभिजनमा समाचार सम्पादकको रूपमा कार्यरत रहॅदा हेरेको हूॅ !

उनको त्यस बेलाको अनुहारको भय र त्राशदीको म यहाॅ वर्णन नै गर्न सक्दिन ! त्यो आक्रमण गर्ने जत्थाका अदृष्य नायक अरू कोही नभएर त्यसबेलाका अर्का उग्रवादी कम्युनिष्ट नेता र हालका प्रधानमन्त्री हुनसेन थिए, जो पोहोर साल हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको भ्रमणमा आएका थिए !

उनलाई भेट्न पहिले प्रमं ओली किन कम्बोडिया गए ?, र पछि हुनसेनलाई किन ओलीले नेपाल भ्रमणमा बोलाएका थिए ?

त्यसको औचित्यता खोज्न नेपालका कूटनीतिक र सुरक्षा विज्ञ तथा नेपाली सञ्चार माध्यमले कहिल्यै पनि गंभीरतापूर्वक गहिरो अध्ययन गरेनन् । हुनसेन नेपाल आए, गए ! ओली कम्बोडिया गए, आए !! नेपाली विज्ञ र प्रेस,मिडियाले गहिराईमा अनुसन्धान गर्न यही चुके, ऐनमौकामा चुके ! दुई तिहाई बहुमतबाट उत्साहले मुर्छित बनेका प्रधानमन्त्री ओली त्यसै कम्बोडिया गएका थिएनन्, उनी ओली डक्ट्रिन (Oli Doctrine) अन्तर्गत राष्ट्रिय विकास र समृद्धिको ओली मार्गचित्र (Oli Roadmap) बनाउने अध्ययनका लागि हुनसेनबाट गुरूशिक्षा लिदै कम्बोडियाली सरकारको अनुभव बटुलिरहेका थिए ।

हुनसेनको मार्गचित्र बमोजिम बनेको ओलीको सुख र समृद्धिको मार्गचित्रको योजनाअनुरूप नै गुठी विरूद्ध आक्रमण थियो भने पानीजहाजको अवधारणा र पोहोर अर्वौ रूपैया कृषि अनुदानको वितरण पनि त्यही बमोजिमको कार्ययोजना हो ।

अहिले भूमिसुधार ऐन संशोधन मार्फत सुकुम्वासीलाई जग्गा वितरण योजना हुनसेन कै कार्यहरूको पुनरावृति हो । तर बीचमा अकल्पनीय रूपमा कोविद-१९ को महासंक्रमण भएर ध्यान र राज्यस्रोत त्यतातिर तानिएकोले ओली मार्गचित्र कसरी अघि बढ्छ, भन्न सकिन्न ।

नत्र आगामी बजेट घोषणा मार्फत ओली मार्गचित्रलाई अघि बढाइने निश्चित थियो, र ओलीले नेपालमा अकंटक एकल-शासनको जग हाल्ने थिए ! जुनकुरामा उनकै कम्युनिष्ट मित्रहरूलाई नै सशंकित बनाएको देखिएको छ ।

कम्युनिष्टहरूमा विचित्रको tenacity हुदो रहेछ, तीन दशकअघिको त्यो भयंकर दुर्घटनाबाट बाॅचेका हेङ सामरिन उनलाई सताउने हुनसेनकै पार्टीबाट आज पनि कम्वोडियाली संसदका सदस्य छन् । उनी आज कंबोडियाका सर्वोच्च सम्मानित नेता मानिन्छन ।  कम्वोडियाका वर्तमान प्रधानमन्त्री हुनसेनमा अहिले पनि कोविद-१९ को बहानामा राज्यका संपूर्ण विशेषशक्ति (extraordinary powers) आफ्नो हातमा लिएर ३० वर्षे आफ्नो अकंटक बाहुबली शासन (iron-fisted rule) लाई अरू लम्व्याउने लोभ लालच पलाएको छ ! धन्य सत्ता, धन्य शक्ति !!

IME Lifesidebar
kumari