stcnepal long ad
ime life insurance
global ime bank long

कागजी शिक्षाले बेरोजगार

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल वैशाख ६, २०७७ शनिबार

सुदर्शन कट्टेल

आज बिहान म दूध किन्न कार्की दाइकाे पसलमा पुग्दा बस्नेत काका “कीरा मसिनो चामल”काे बाेरा माथि बसेर लामै लेक्चर दिँदै गरेका भेटिए । भन्दै थिए, “तन्नम मुलुकमा मुलत: सात सिद्धान्त अनुसार शासन चल्ने गर्दछ ।

उनले भन्दै गए जस्तै,-

“१) फुटाऊ र शासन गर : याे सिद्धान्त अनुसार शासकहरुले मान्छेहरुबीच जात, धर्म, भाषा, सम्प्रदाय, क्षेत्र, राजनीतिक दल र दलभित्रै गुट र गुटभित्र उपगुट खडा गरी उनीहरुलाई एक हुनै नदिने वातावरण बनाउँछन् र शासन चलाउँछन् । २) लुटाउ र शासन गर : याे सिद्धान्त अनुसार शासकहरुले मुलुकमा नीतिगत/गैर नीतिगत भ्रष्टाचार, घुस र कमिशन विना कुनै पनि काम हुन नसक्ने वातावरण बनाई लुट मच्चाउँछन् र शासन चलाउँछन् ।

३) कुटाऊ र शासन गर : याे सिद्धान्त अनुसार शासकहरुले आफ्नो आलाेचना वा विरोध गर्नेहरुलाई आफ्ना हनुमानहरु मार्फत रामधुलाई गर्न लगाउँछन् र शासन चलाउँछन् ।

४) पट्याऊ र शासन गर : याे सिद्धान्त अनुसार शासकहरुले विभिन्न सपना देखाएर वा प्रलाेभनमा पारेर मान्छेलाई पट्याउँछन् र शासन चलाउँछन् ।

५) हटाऊ र शासन गर : याे सिद्धान्त त्यति बेला लागू हुन्छ जब सिद्धान्त नं. १), ३) र ४) ले काम गर्दैन । याे सिद्धान्त अनुसार शासकहरुले मान्छेलाई फिजिकली नै “साइड” लाउँछन् वा हटाउँछन् र शासन चलाउँछन् ।

६) लगाऊ र शासन गर: याे सिद्धान्त अनुसार शासकहरुले विशेषगरी युवाहरुलाई अाफ्नाे शिक्षा वा ज्ञान र वैयक्तिक क्षमताले केही पनि गर्नै नसक्ने वातावरण तयार पारी आफ्नाे फेर समातेर पछि लाग्ने बनाउँछन् र शासन चलाँछन् ।

७) भगाऊ र शासन गर : मुलुकमा काम नलाग्ने पुङ् न पुच्छरकाे शिक्षा प्रणाली लागू गरी शासकहरुले मान्छेलाई २ वर्षको उमेरदेखि स्कुलतिर लखेट्छन् र ३२ वर्षसम्ममा ५/७ ओटा कथित उच्च शिक्षाको डिग्री लिएकाहरूलाई समेत राेजगारीका लागि विदेशतिर भगाउने वातावरण बनाउँछन् र शासन चलाउँछन् ।”

prabhu mahalaxmi
kumari